नवलपरासी : भारत संग सिमाना जाेडिएका पश्चिम नवलपरासीका विभिन्न नाकाबाट चाईनिज लहसुन भारतमा भित्रिने गरेकाे छ । यी नाकाहरूबाट नेपाल र भारत दुवै तर्फ अवैध सामान ओसार पसार कार्य बढेको जनाईएकाे छ ।
भारतबाट नेपाल तर्फ सामान तस्करी हुनेमा लागुऔषध, खसी, बोका, राँगा, माछा, चामल, मोबाइल, मोबाइलका पार्ट्स, काजु, बदाम, चिनी, जुत्ता, चप्पल, लत्ता कपडा, इलेक्ट्रोनिक लगायतका सामान रहेको बताइएको छ। सीमा क्षेत्रबाट दुई देश तर्फ ठूलो मात्रामा तस्करी कार्य बढेको छ ।
दिउसाे भन्दा रातीकाे समयमा ब्यपारीहरूले बढी तस्करी गर्ने गरेका छन स्राेतले जनाएकाे छ । स्राेतका अनुसार नेपालबाट भारत तर्फ तस्करी हुने समान चाईनिज लेहसुन,चाईनिज लाईटर,कबाडीका समान ।
सिमावर्ती गाउँ बसैया, धर्माैली, हर्कपुरा, भुजहवाँ, गोपालपुर, गेरमी लगायतका क्षेत्रमा फर्मकाे गाेदाम संचालन गर्दैआएका छन् ।सेटिङ्गमा चाईनिज लहसुन गोदाममा झार्ने गर्छन स्राेतले जनाएकाे छ । नेपाल–भारत सुरक्षाकर्मीहरुको सेटिङ्ग राता रात भारत लैजाने गर्छन । दशगजा नजिकै खाद्यान्नको फर्मकाे आडमा लहसुन , लत्ताकपडा, चिनी, हार्डवेयर कबाडीका समान लुकाई राख्ने गर्छन ।
लहसुन कारोबारमा जिल्लाका प्रतिष्ठित व्यपारीहरुकाे पनि संलग्नता रहेकाे स्थानीयले बताउछन पाईन्छ । लहसुन तस्करीमा सम्बन्धित निकायकाे पनि मिलेमतो रहेकाे एक जनाले बताए । जिल्लामा चाईनिज लहसुन, चामल, कवाड, काजु, टेम्पर गलास, खशी ,बोका, मोबाईल, कुखुरा, माछा लगायतका तस्करी भएकाे स्राेतले जनाएकाे छ ।
पछिल्लो समय कपडा र केराउकाे व्यापक तस्करी भएको थियो ।अहिले लहसुन तस्करी भएको छ । भदौ २३ गते राती नेपाल प्रहरी र शसस्त्र प्रहरीले बसैया गाउँका चार गोदाममा पाँच सय ४१ बोरा चाईनिज लहसुन नियन्त्रणमा लिएपछि स्थानिय व्यपारी र प्रहरी बिच भना भन तथा माल खोसा खोस भएको थियो ।
प्रहरीले गोदामहरु कब्जामा लिएर बिल भरपाई र कागज पत्रहरु अनुसन्धनका लागि सोमबार विहान राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीलाई जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतापपुर गाउँपालिका ५ बसैयाको भैरमपुरटोलमा रहेको अनिषा ईण्टरप्राईजेजको लहसुन खरिद गरिएको बिलभरपाई र कागजपत्रहरु अनुसन्धान भैरहेको कार्यालयका सुचना अधिकारी मनोज कुमार सैनीले बताउनु भयो । २० किलोको ५ सय १० बोरा र ३० किलोको ३१ बोरा कुल ५ सय ४१ बोरा चाईनिज लहसुन ओसार पाेसान नगर्न फर्म संचालकलाई निर्देशन दिएकाे छ ।
लहसुन कोल्डस्टोरबाट ल्याएकाे हो । ३÷४ दिन भित्र लहसुन विक्री गर्न पाएन भने कुहिन्छ एक व्यपारीले भने ।” यसरी सिमा क्षेत्रमा यति मात्रामा लहसुन भेटिनु पक्के तस्करीलाई प्रमाणि गर्दछ किन भने सो क्षेत्रमा नत्र कुनै लहसुनको उद्योग नत्र कुनै ठुलो लहसुन बजार । रोचक कुरो त अझै के छ भने सो क्षेत्रका स्थानिय उपभोक्ताहरु १ पाव लहसुन खरीद गर्न भारतीय बजार जान छन ।
दिनहुँ व्यपारीहरूले ट्रकका ट्रक मालहरु तस्करी गर्ने गरेका छन एक सुरक्षाकर्मीले जानकारी दिए । नेपालमा प्रति किलो २ सय ७० रुपैयामा खरीद गरी ३ सय २० रुपैयामा भारतमा चाईनिज लहसुन विक्री गर्दा प्रति किलो ५० रुपैया मुनाफा हुने गरेको तस्करहरु बताउछन् ।
प्रति किलो ५० रुपैया मुनाफाका दरले एक ट्रक चाईनिज लहसुन खरीद विक्री गर्दा १० लाख रुपैया फाईदा हुने गरेकाे छ । लहसुन व्यपारमा ठुलाे रकम फाईदा भैरहेको यसले प्रमाणित गर्छ । जिल्लामा तस्करी रोक्न नेपाल प्रहरी र शसस्त्र प्रहरी आफनो मातहतका प्रहरी चौकी, बिओपी र ईलाका प्रहरी कार्यालयहरुलाई कडा निर्देशन दिएको प्रहरी उपरिक्षकहरु बताउनु हुन्छ ।
सिमावर्ति फर्म सम्म मालबस्तुहरु खरिद गरि व्यपारीले लैजान पाउने व्यवस्था रहेकाले मालबस्तुहरु जफत गर्नमा कानुनी झनझट रहेको उपरिक्षकहरुको भनाई छ । बिना बिल र चोरी तस्करी गरेको पाइएमा उक्त माल र सवारी नियन्त्रणमा समेत लिइरहेको प्रहरीको भनाई छ ।