मानवता, सहिष्णुता र सद्भाव नै सबै धर्मको मूल मर्म : उपराष्ट्रपति यादव

0
182
Exif_JPEG_420

नवलपरासी :सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले सत्यको पालना गर्नु र ईमानदारीका साथ जीवन निर्वाह गर्नु, समाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रुपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता,समानता,सद्भाव,सदाचार,समभाव,परोकार नै रहेको बताउनु भयाे ।

उहाँले समाजमा वैमनस्यता, भेदभाव, अत्याचारलाई प्रत्येक धर्मले निषेध गरेको उल्लेख गर्दै धर्म भित्र विद्यमान सकारात्मक मनोभाव र ह्रदयभावहरुलाई आत्मसात गर्दै हामीले अघि बढ्नु पर्ने उनकाे भनाई छ ।लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम परासीमा ओल्मा काउन्सिल नेपालद्वारा शनिबार आयोजित राष्ट्रिय एकता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

मोहम्मद जयन्तीको अवसर पारेर सबै धर्मलाई सम्मान सिद्धान्त अंगिकार गर्दै सनातन (हिन्दु),ईस्लाम,बौद्ध,क्रिस्टियन लगायतका धर्मगुरु÷प्रतिनिधिहरुको सहभागितामा यो‘राष्ट्रिय एकता सम्मेलनको आयोजन प्रसंशनीय छ । यसका लागि आयोजक संस्था तथा सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दछु उहाँले भन्नु भयो ।

यो सम्मेलनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता,विविधतामा एकता’सहितको धर्म–संस्कृतिको संरक्षण गर्दै नेपालको स्वतन्त्रता,सार्वभौमिकता,भौगोलिक अखण्डता,राष्ट्रिय एकता,स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास छु ।

उपराष्ट्रपति यादवले शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र अस्थिधातु रहेको रामग्राम जस्तो ऐतिहासिक र प्राचीन भूमिमा राष्ट्रिय एकता सम्मेलन हुनु आफैमा महत्वपूर्ण रहेको उल्लेख गर्दै चीनको बाओची तथा स्पेनको काथरेस सहर संग भगिनी सम्बन्ध रहेको रामग्राममा आयोजित यो सम्मेलन विश्वभर शान्ति,प्रेम,भ्रातृत्व र बसुधैवकुटुम्कम्को सन्देश फैलाउन सफल बनोस कामना गर्नु भयो ।

नेपालको संविधान २०७२ को प्रस्तावना मै नेपाल बहुजातीय, बहुभाषिक,बहुधार्मिक,बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता,सामाजिक–सांस्कृतिक ऐक्यबद्धता,सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्धन गर्ने उल्लेख छ ।यस अर्थमा यो सम्मेलनको सान्दर्भिकता,सार्थकता र औचित्यता झनै बढी छ । यसले विभिन्न धर्मबीचको आपसी सद्भाव,समझदारी र सम्मान अभिवृद्धि गर्नमा सघाउन सकोस् ।

उपराष्ट्रपति यादवले सबै धर्मलाई समान रुपमा सम्मान र स्वीकृति दिने सर्वधर्म समभावको सिद्धान्तलाई मुलमन्त्र बनाएर अघि बढ्न आग्रह गर्नुभयो । नेपालको समृद्ध संस्कृति र विविधताको यो आधार–सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्न सके मुलुकमा सद्भाव, भाइचारा, मेलमिलाप, मैत्रीभाव र शान्ति कायम भई देश द्रूत विकास पथमा फड्को मार्न सक्छ ।
यसै माध्यमबाट सामंजस्यपूर्ण समाजको निर्माण पनि हुन सक्दछ उहाँले भन्नु भयो । हाम्रो धार्मिक सहिष्णुताले विभिन्न धर्म, विश्वास र मान्यताहरु प्रति सम्मान र सहनशीलतालाई आत्मसात गर्न सघाउँदछ । यसका लागि हामी सबै आ–आफ्नो धर्मबाट माथि उठेर अन्तरधार्मिक संवाद, सामाजिक कार्य र धार्मिक उत्सवहरुमा सक्रिय सहभागिता र अन्तरघुलनता बढाउन आवश्यक छ ।

उहाँले विभिन्न धर्मगुरुहरु, नेतृत्वहरु र अनुयायीहरु सहभागि रहेको आजको यो सम्मेलन आपसी समझदारी र सम्मान अभिवृद्धिमा कोशेढुंगा बन्न सकोस् भनी शुभकामना व्यक्त गर्दै भन्नु भयो ।कुनै पनि सामाजिक कार्य तथा धार्मिक उत्सवहरुमा हाम्रो अन्तरघोलन र सक्रिय सहभागिताले समाज र देशमा सद्भाव र अपनत्वभावको विकास गर्दै मुलुकमा शान्ति र अमनचयन कायम गर्न सघाउँदछ ।

उपराष्ट्रपति यादवले कुनै पनि धर्मको मुलभूत उद्देश्यमा मानव जीवनलाई नैतिकता सदाचार र आध्यात्मिकतातर्फ प्रेरित गर्दै डोर्याउनु नै रहेको बताउनु भयो । यसले दया करुणा अहिंसा ईमानदारी तथा परोकारी जस्ता मूल्यहरु आत्मसात गर्दै व्यक्तिलाई नैतिक र सदाचारी जीवन जिउन पनि सिकाउँदछ उहाँले भन्नु भयो ।

धर्मले व्यक्तिलाई आत्मज्ञान प्रदान गर्नुको साथै सामाजिक सामंजस्य कायम गर्न पनि सिकाउँदछ ।
समानता तथा न्यायको शिक्षा पनि यसले दिन्छ ।

उहाँले बौद्ध धर्ममा पंचशील र अष्टाङ्गिक मार्गको सिद्धान्त हिन्दू धर्ममा कर्म,धर्म (कर्तव्य) र मोक्ष (मुक्ति) को सिद्धान्त,जैन धर्ममा सत्य र अहिंसाको सिद्धान्त,ईस्लाम धर्ममा एकेश्वरवाद तथा ईसाई धर्ममा प्रेम र सेवाको सिद्धान्तलाई महत्वपूर्ण मानिएको भए पनि यी सबै सिंगो मानव जाति, सभ्यता र संस्कृतिका लागि अकाट्य तथा जीवन्त सिद्धान्तहरु भएको बताउनु भयो ।

यी सबैको अन्तरघोलन र आत्मसातबाटै सुसभ्य, सुसंस्कृत र सुसफल समाज–देशको निर्माण सम्भव छ ।उपराष्ट्रपति यादवले भन्नु भयो ।यसलाई हामी सबैले आत्मचिन्तन र आत्ममन्थन गर्दै अघि बढ्नु पर्ने आजको आवश्यकता हो ।उहाँले स्थानीय सन्दर्भमा रामग्राम–७ स्थित रामग्राम स्तूप लगायतको महत्वपूर्ण स्थलको सरंक्षण,सम्वर्धन तथा विकासमा सबैको चाँसो र ध्यानाकर्षण हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका यहाँका सबै धरोहर,भाषा,संस्कृति र परम्पराहरुको संरक्षण गर्दै त्यसलाई प्रचारप्रसारमा ल्याएर पर्यटन प्रर्वधनमा जोड दिन जरुरी रहेको पनि बताउनु भयो ।

उपराष्ट्रपति यादवले विभिन्न धर्महरुप्रति सहिष्णुता र सम्मानलाई बढावा दिन,समाजमा शान्ति, अमनचयन र सद्भाव कायम गर्न,परस्पर संवाद र समझदारी अभिप्रेरित गर्न तथा देशको एकता र अखण्डतालाई बलियो बनाउन यो सम्मेलन सफल हुने विश्वास व्यक्त गर्दै सबैको सुख,शान्ति र समृद्धिको कामना गर्दै आफ्नो सम्बोधनको अन्त्य गर्नुभयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here