एक महिना एक सय ८४ जना फरारी पक्राउ

0
181

नवलपरासी :पश्चिम नवलपरासी प्रहरीले एक महिनामा एक सय ८४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेकाे छ ।

सम्मानित अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्धाका एक सय ८४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराे बताउनु भयाे ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयले फरा र प्रतिवादी पक्राउ अभियान अन्तर्गत यस जिल्ला तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले अभियानका क्रममा सबै भन्दा धेरै संख्याका ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्र.व.ना.नि. रमेश प्रसाद रेग्मीले पक्राउ गर्नु भएकाेमा उहाँलाई नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरिएको छ फरार प्रतिवादी पक्राउ कार्य निरन्तर जारि रहने ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here