संविधानको विरोधमा नवलपरासीमा कालो झण्डा

0
226
Exif_JPEG_420

नवलपरासी – उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी (नेपाल) र महनत ठाकुर नेतृत्वको लाेकतान्त्रिक पार्टी (तमलाेपा)ले संविधान दिवसको विरोधमा जिल्लामा कालो झण्डा निकालेको छ ।

वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलाेपा र समाजबादी नेपालले परासी स्थित बुद्ध चोकमा काेण सभा गरी कालो झण्डा देखाएर विराेध गरेकाे हाे ।

समाजबादी तमलाेपा नेतृत्वका कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा देखाएका हुन् । विरोध प्रदर्शनीमा सहभागी तमलाेपा र समाजबादी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुर जी गिरीले मधेसी जनताको हकमा वर्तमान संविधान अपूरो रहेको भन्दै तत्काल संविधानलाई संसाेधन गर्न माग गर्नु भयाे ।

उनले नेपाली मधेसीहरूकाे माग सम्बोधन नभए सम्म वर्तमान संविधानकाे विराेध गर्ने । मधेसी जनता माथि नेपाली संविधान जबरजस्ती लादिएको भन्दै उनले मधेसी जनताकाे माग अपूराेलाई विरोध गरिरहने तमलोपा नेतृत्वका केन्द्रीय सदस्य पुरन चाैधरीले बताउन भयाे । आज असाेज ३ गते संविधान दिवसकाे दिन परासी हाट बजार देखि परिक्रमा गर्दै बुद्ध चाेकमा विराेध कार्यक्रममा संविधान संसाेधन गर्न माग गरेका छन

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here