नदीमा अवैध उत्खनन सुरू सम्बन्धित निकाय माैन

0
140

परासी :सरावल गाउँपालिका-७ नं वडा कार्यालयको जग पुर्नका लागि नदीबाट अवैध उत्खनन गरेको पाइएको छ ।

जिल्लाकाे सरावल गाउँपालिकामा पर्ने धनेवा नदीमा एक ठेकदार कम्पनीले दिउसाे जेसिभीले खनेर ट्रेक्टर ट्रालीमा लाेड गरिरहेकाे पाइएको हो ।

सरावल-७ भुजहवाँ चोकमा नवनिर्मित वडाकार्यालयको जग पर्नका लागि ठेकदारले अवैधरूपमा माटाे खन्न लागेका हुन् ।

के.ए.टी रामग्राम जेभीले वडा कार्यालय निर्माणको लागि ठेक्का लिएको छ । वडा कार्यालयको जगको काम सम्पन्न गरेर अहिले माटो पर्ने काम बुडन्तवापुर नदीबाट अवैध रूपमा उत्खनन गरि लाख बढीको माटो झिकेको प्रमाण फेला परेको छ ।

सम्बन्धित निकायकाे मिलेमतोमा माटो झिकिएको स्थानियले अनुमान गरेका छन्,साेही नदीबाट धेरै मात्रामा माटाे झिकिएकाे छ । माटो झिक्ने कार्य २÷३ दिन देखि भैरहेको एक स्थानियले बताए ।

उनका अनुसार त्यति बेला एक जेसिबी र ३÷४ ट्रेक्टर ट्रालि दिउसाे माटो ओसार्ने कार्य गरिरहेको थियो । माटोको काम सकिएपछि अहिले कार्य रोकिएको छ । यस्तो अवैध कार्यमा वडा र स्थानिय प्रहरी चौकीहरुको समेत मिलोमतो हुन सक्ने स्थानियको आशंका छ ।

नदीबाट माटो झिक्न गाउँपालिकाले कुनै लिखित अनुमति नदिइएको छैन र रायल्टी पनि लिएकाे छैन गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनु भयो ।

उहाँका अनुसार नदीबाट अवैधरूपमा माटाे झिकने ठेककदार यसमा संलग्न समेतलाई गाउँपालिकाबाट स्पष्टिकरण लिने जिकिर गर्नु भयो । ठेकदारले माटो खरिद गरेर काम गर्नु पर्नेमा वडा र स्थानिय प्रहरी चौकीलाई मिलाएर यस्तो अवैध कार्य गर्दा गाउँपालिकाको ठुलो राजस्व गुमेको पालिकाको ठहर छ ।

यति बेला बजारमा प्रति ट्रालि एक हजार रुपैया माटो रहेको माटो सप्लायर्सहरु बताउ छन् । उनका अनुसार स्थानियबाट माटो खरिद गर्दा प्रति ट्रालि दुई सय रुपैया जग्गाधनिलाई दिनु पर्ने र गाउँपालिकालाई पनि तोकेको प्रति ट्रलि एक सय देखि दुई सय शुल्क तिर्नु पर्ने हुन्छ । के.ए.टी रामग्राम जेभी कम्पनीले सरावलको नं ७ वडा कार्यालय निर्माणका लागि एक करोड ५७ लाख ५५ हजार ८ सय ८६ रुपैयामा ठेक्का लिएकाे छ ।
माटोमा उसले बचत गर्नका लागि अवैध कार्य गरेको स्थानियले भन्छन् । यस विषयमा ठेकदार संग सम्पर्क गर्दा सम्पर्कमा आउनु भएन । गाउँपालिका र जिल्ला विकास समन्वय समितिले नदीहरूकाे नियमित अनुगमन आवश्यक रहेको स्थानियको भनाई छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here