जन प्रतिनिधि बिच कुरा नमिलेपछि अस्पताल प्रयाेग विहिन

0
124
Exif_JPEG_420

नवलपरासी : पश्चिमम नवलपरासी सुनवल नगरपालिकाका जनप्रतिनिधिहरू बीच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आएकाे छैन ।

जिल्लाका सुनवल‐२ रजहवामा एक करोड ५१ लाख रूपैयाँको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा ल्याउनका लागि जनप्रतिनिधिहरू बीच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताए। उनले अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको गुनासो गरे।

ठेकेदारले काम सम्पन्न गरेर दुइ वर्ष अघि नै नगरपालिका तथा वडा कार्यालयलाई हस्तान्तरण गरेको भई सक्याे । अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ। दिनप्रति दिन भवनको अवस्था बिग्रिन थालेको उनले भने, ‘संघीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्ड भित्र झारपात उम्रे र जंगल जस्तै बनेको छ।’

सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुन नसक्दा केही समस्या रहेको बताईन ।अस्पताल संचालनका लागि यहाँ छलफल गरे अब अस्पताल चाडै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

अस्पताल सञ्चालन नहुँदा यहाँका किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि जिल्ला पुगन समस्या भोग्न परिरहेको छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here