नवलपरासी : पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका-५ पक्लिहवा स्थित निर्माण गरिएको झोलुंगे पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन् ।
बिहीबार -भाेली दिउँसो २ बजे हेलिकप्टरबाट सुस्ता झोलुंगे पुलको उद्घाटन गर्न आउने कार्यक्रम तय भएको पश्चिम नवलपरासी नेपाल प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनु भयाे ।भारतीय सीमा नजिकै सुस्तामा निर्माण गरिएकाे पुलकाे लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर छ । सुस्ता झोलुंगे पुलकाे उद्घाटन बिहिवार राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने छन।
हाल स्थानीय सँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन् ।“सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे । अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सुस्ता बासीहरुलाइ सहज भएको छ ।सुस्तामा पुल निर्माण भएपछि यस क्षेत्रकाे धेरै आकर्षण बढेकाे छ ।