बिहीबार देखि आईतवार सम्म देशभर वर्षा हुने

0
137

नवलपरासी : बिहीबार देखि आईतवार सम्म देशभर वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाका कारण ५६ वटा जिल्ला उच्च जोखिममा छ महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

५३ वटा जिल्लाअहिले उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउनका लागि विभागले विशेष बुलेटिन मार्फत अनुरोध गरेको छ । महाशा खाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ । त्यस्तै मधेस प्रदेशका सिरहा, सप्तरी र पर्सा पनि उच्च जोखिममा छ ।

बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् । गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन् । त्यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला पनि उच्च जोखिममा रहेको जनाइएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here