सुस्ता झाेलुङ्गे पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउनु भएको छ ।

0
156
Exif_JPEG_420

नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ मा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउनु भएको छ ।

 

नरायणी नदीमा मल्टिस्पान झोलुङगे पुलकाे निर्माण काम समपन्न हुने वितिकै। झोलुङगे पुल सँगै राष्ट्रिय प्रसारण लाइनको बिजुली पनि सुस्तामा पुगेको छ । पछिल्लो समय नारायणी नदीमा बिजुलीकाे खम्बा गाडन नसकेर सुस्तामा बिजुली पुग्न सकेको थिएन ।

 

तीन तर्फ भारतीय भुमि र एक तर्फ नारायणी नदीले घेरिएको सुस्तामा तीन सय ५० परिवार बसोबास गरेका छन। पुल नहुँदा भारतीय भूमि भएर तथा डुङ्गाकाे यात्रा गर्न बाध्य थिए । २० करोड ९३ लाख लागतमा एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

 

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले आज विद्युत जडान भएका सुस्ता पश्चिमका करिव ३५० घरधुरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन् ।

 

सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको आज शुभारम्भ गर्दै उनले झोलुङ्ग पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेकामा खुसी पनि व्यक्त गरे ।

 

सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमित मात्रामा विद्युत सेवा उपलब्ध थियो । सुस्तामा गण्डक सबस्टेशनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

 

मन्त्री खड्काले उक्त कार्य सँगै सुस्ता क्षेत्रका बासिन्दालाई गुणस्तरीय र विश्वसनीय विद्युत सेवा उपलब्ध गराउन सहयोग पुग्नुका साथै यहाँको औद्योगिक, पर्यटन, र आर्थिक गतिविधिमा पनि व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here