नवलपरासी : जिल्ला डिभिजन वन अधिकृत(डिएफओ) जिवन पंगेनीले प्रकृया नपर्याई आफनै कार्यालय परिसर भित्रको रुख काटपछि हल्ला मचेकाे छ ।
कार्यालय परिसरमा रहेको आँपको रुख काट्न मिल्दैन कर्मचारीले भने पनि रातीको समयमा डिएफओ पंगेनीले रुख काट्न लगाए पछि अहिले जिल्लामा हल्ला मचेकाे हो ।
सरकारी कार्यालय परिसरमा भए पनि काट्नका लागि प्रकृया पुर्याएर मात्र काट्न पाउने रुख आफु आफु हाकिम भए प्रक्रिया पर्याउन आवश्यक छैन भन्दै उनले रूख काटन लगाएकाे कर्मचारीले बताए ।
डिओ फाे दिउँसै रूख काटन खाेजेका थिए ।कर्मचारीले उनलाई रुख नकाटन सल्लाह दिएर घर गएपछि करीब राती दस बजे राती आफै रुख काट्न सुरू गरे त्यसपछि कार्यालय सहयोगीलाई काट्न लगाएपछि हाकिमकाे कुरा आफुले नमानेपछि हाकिमले कारवाही गर्छ डरले कार्यालय सहयोगीले पनि रुख काटन थाालेकाे हाे ।
रुख कटान सुरू गरेपछि वरिपरिका स्थानियहरू हल्ला गर्न थाल पछि डिभिजन बन कार्यालय प्रहरी पुगेको थियो । जिल्ला डिभिजन बन अधिकृत (डिएफओ ) प्रमुख जिल्ला अधिकारी निवासमा पुगेर हाँगा मात्र आफुले काटेको सुईकार गरेकाे जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताए ।
काटिएको रुखको हाँगाहरु कार्यालय परिसरमा राखिएको छ ।काटिएको रुखको जरामा धुलोले छोपिएको छ । रुख काट्नै पर्ने आवश्यक थियो,भन्ने प्रकृया पुरा गरेर दिउँसै कटानु पर्ने हो, राती किन काट्न थाल्नु भयो ? यसले बाहिर गल्ति स्वीकार गरेको सन्देश जान्छ यादवको भनाई थियो ।
डिएफओको कार्यशैली स्थानियबासी तथा कर्मचारीले भन्छन ठिक छैन सम्बन्धित निकायले आवश्यक कारवाहीकाे माग गरेका छन् । लुकिछिपि डिएफओले नै घरकाे रुख सम्झेर मनाेमानी कटान थालेपछि वन जङगल कसरी जाेगानु हुन्छ समाजसेवी रामभवन यादवले भने, यस्ता डिएफओलाई सम्बन्धित निकायले कारवाही चलाउनु पर्छ, होईन भन्ने त्यसका लागि संघर्षमा स्थानिय उत्रिन बाध्य हुनेछन् ।
कर्मचारी नै हो,भनेर जोगाउन पाईदैन्,कुनै किसानले थाहा नपाएर आफ्नै बारीको रुख कटान गर्दा कटान आदेश चाहिने,अन्य सरकारी निकायमा पनि रुखहरु रहेका छन्, काट्नु पर्ने आवश्यकता भयो,भन्ने नियमावली अनुसार प्रकृया पुरा गरि बन प्राविधिकले नै उभिएर कटाउने गर्छन् ।
डिएपओ आफैले रुख काट्ने त्यो पनि राती राती लुकेर यो कस्तो प्रवृति हो ? हेर्दा सानो एउटा आँपको रुख काटिए पनि यसको चर्चा बजार र कार्यालय कार्यालयमै भई रहेको छ ।कार्यालयका कर्मचारीमा त बवण्डर नै मच्चिएको एक कर्मचारीले सुनाए । पंगेनी डिभिजन बन अधिकृत(डिएफओ) नवलपरासी डिभिजन बन कार्यलयमा हजिर भएको १५ दिन मात्र पुगेको छ ।
।