अध्यक्ष प्रचण्ड र युरोपियन राजदूत बीच भेटवार्ता

0
148

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट भएकाे छ ।

खुमलटार आफ्नै निवासमा भेट गर्नु भएकाे अध्यक्ष प्रचण्डले बाढी पहिरोका कारण नेपालले जनधनको ठूलो क्षति व्यहोर्नुपरेकाे छ संकटमा साथ दिन युरोपियन युनियनलाई आग्रह गर्नु भएकाे पुर्व प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

बाढी पहिराे पीडा नेपाली जनताले व्यहोर्नु पर्ने भएपनि यो विश्वब्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेकाे विपत प्रति विश्वको ध्यान जानु पर्ने उहाँले बताउनु भयो । राजदूत लोरेञ्जोले बाढी पहिरोमा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ दिने । उहाँले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्दै सफल नेतृत्व गरेकोमा ईयुको तर्फबाट अध्यक्ष प्रचण्डलाई उनले बधाई दिनु भयो ।भेटका अवसरमा नेपाल र ईयुको सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल भएको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here