उपराष्ट्रपति यादव द्रारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

0
146

काठमाडाै : सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले बाढी, पहिरो तथा डुवान प्रभावित, पिडित परिवारहरुको राहतका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।

उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बुधवारका दिन उपराष्ट्रपति यादव सहित उनकाे स्वकीय सचिवालयमा कार्यरत विज्ञहरु र उनकाे प्रमुख स्वकीय सचिव समेतले आफनाे पाँच–पाँच दिन तथा सहसचिवअधिकृत वा सो सरहको कर्मचारीबाट तीन–तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन ।

उपराष्ट्रपति यादवले घाइते भएकाहरुको निःशुल्क उपचार र विपद् प्रभावित क्षेत्रमा हैजा,डेंगी जस्ता रोगहरु फैलिन नदिनका लागि आवश्यक उपायहरु अवलम्वन गर्न,विस्थापित परिवारका लागि पुनर्वासको व्यवस्था गर्न तथा राहत सामाग्री लगायत खाद्यान्नको व्यवस्थापन एवं अवरुद्ध लोकमार्गहरु यथाशीघ्र खुलाई आगमन सहज बनाउन सम्बन्धित सबैलाई आग्रह गरेका छन ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here