उनको दैनिकी खाटमै जिवन बित्ने गरेको छ।

0
280
Exif_JPEG_420

नवलपरासी -शनिवार साप्ताहिक बिदाका दिन उनको घरमा पुग्दा अपाङ भएर खाटमा बसिरहेका थिए ।खुट्टा काटिएको अवस्थामा घर भित्र खाटमा बसिरहनु भएको छ।त्यही घरको बरन्डामा एउटा खुट्टा काटेको अवस्थामा बसेका छन् नरबदे हरिजन ।उनको दैनिकी खाटमै जिवन बित्ने गरेको छ। उनी उमेरले ७५ वर्ष पुगे।

नरबदेको खुट्टा काटिएर खाटमा बितेको जीवन भने दुई वर्ष भन्दा बढी पुगेको छ। खाटमा गुदरी राखेर बसिरहेका नरबदे एकलै घरमा सुतिरहेका थिए । उनलाई दिसा पिसाब लागेको बेला बैशाखिमा टेकेर शौचालय पुग्छन,काटिएको खुट्टा उनलाई त्यही बसाल्न बाध्य बनाउँछ। 

नरबदेको खुट्टा काटिएर खाटमा बितेको जीवन भने दुई वर्ष पुगेको छ। खाटमा गुदरी राखेर बसिरहेका नरबदे एकलै घरमा सुतिरहेका थिए ।उनलाई दिसा पिसाब लागेको बेला बैशाखिमा टेकेर शौचालय पुग्छन,काटिएको खुट्टा उनलाई त्यही बसाल्न बाध्य बनाउँछ।

नवलपरासी सदरमुकाम परासी देखि करिब ६ किलोमिटर दक्षितर्फ उनको घर छ ।पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२पिपरहवाँ गाउँमा बस्ने नरबदेको परिवारमा उनकी श्रीमति मात्र छिन्।छोरा सनकी भएर बेपत्ता छ।अपाङग भएर उनी घरमा बस्ने गर्छन ।चलन नसक्ने भएकाले बसेकै ठाउँमा पालष्टिकको भाडो राखेर दिसा,पिसाब गर्छन्।त्यस पछि उनले भने जग्गा बेचेर६लाख बराबरको ईपेन्डिकस अपरेसन गराए त्यसपछि २ कठ्ठा जग्गा  बेचेर खुट्टाको उपचार गराए अहिले हिन्न सकेका छैन्न उपचार भैरहेको छ।आर्थिक अवस्था कमजोर भएर नरबदेलाई खाना,नास्ता परिवारले समयमै दिइने समस्या भईरहेको छ।खाना आफनै हाथले खानु हुन्छ ।

घरमा अरु परिवार नरहेकोले उनकी श्रीमतीले नै हेरविचार गर्छिन। लामो समय देखि अपाङ भएर बसेका नरबदेको स्याहार सुसार र माया दिनमा उनको श्रीमतीले कुनै कमी राखेको छैन्न। उनी परिवारका प्रिय छन्। उनको परिवारमा अरु कोई नभएकोले स्याहार सुसारमा उनको ६८ वर्षीय श्रीमती सेवरी देवीले खटिने गरेकी छिन्। दिसा पिसाब गरेपछि श्रीमतीले नै उनका कपडा धुने गरेकी छिन्।कहिले काही अन्य काममा जानु परेका कारण उनको स्याहार सुसारमा सबै भन्दा बढी आमा नै खटिने गरेकी हुन्।उनले छोरीको घरमा जादा श्रीमान श्रीमती संगै जान्छन त्यहाँ दिसा,पिसाव स्याहार्ने देखि हेरविचार श्रीमती र छोरीले गर्छिन ।

नरबदेले भन्छन कक्षा १० मा अध्यन गर्ने क्रम्मा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानध्यापक शशिभुषण पाण्डेले दोस्रो घण्टीमा विज्ञान विषयको न्युकिलियसको स्पेलिङ सोधेपछि बुद्धिलालले उतर दिए संगै गर्भावती महिला बोकेको भुडीको उदाहरण दिदै उनी उखान भनेपछि  केटा केटीहरु लाज्जित भएर कक्षामा अध्यन गर्ने केटाहरुले उक्त उखान भन्दै बुद्धिलाललाई जिस्काउन थाले पछि प्रधानध्यापक पाण्डेको कार्य कक्षामा गएर बुद्धिलालले भने सर हजुरले भनेको उखान कक्षामा पढने विद्यार्थीहरुले पनि उखान भन्दै मलाई जिस्काएका छन गुनासो गर्ने वित्तिकै तलाई चमार नभनम त के भन्म भन्दै उनी उल्टै बुद्धिलाललाई पिटदै ढोका बाहिर निकाले पछि,शिक्षक्हरुले पनि हाथ थप्पडले टाउकोमा हान्न थाले पछि भुईमा खसेपछि तीनै जना शिक्षकले जातिय अधारमा गाली गर्दै पालै पालो निर्मत्ता पुर्वक कुटपिट गरेपछि छोरा विद्यालय नगएर शिक्षकले भनेको उखान मनमा खेलाउदै घरमा बसेपछि बुद्धिलालको मानसिक अवस्था गुमेको हो,छोरा बुद्धिलालको मानसिक अवस्था गुमे पछि ४ लाख ५० हजार बराबरको भैरहवा मेडिकल कलेजमा छोरालाई उपचार गराए ठिक भएन ।

त्यसपछि भारतको गोरखपुरको बुद्ध मेडिकल कलेजबाट१ लाख ५० हजार बराबरको छोरा बुद्धिलाललाई उपचार गराए तर पनि ठिक भएन,अहिले ८ महिना देखि छोरा बुद्धिलाल बेपत्ता छन ।आफु पनि अपाङग भएर खाटमै दिन बितिरहेको छ,काटिएको खुट्टामा पालष्टिकको खुट्टा लगाउन पाए हुन्थयो,उनले भन्छन आफुलाई अहिले सम्म कुनै संस्थाले सहयोग गरेको छैन । भएको जग्गा बेचेर उपचार गराए अहिले सहायक -ह्रील चियर खरीद गर्ने र उपचार गराउने उनको अवस्था छैन ।

 

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here