सरावल उद्योग वाणिज्य संघ र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा बिच सम्झौता ।

0
141

नवलपरासी: जिल्लाको सरावल उद्योग वाणिज्य संघ र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा बिच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ ।


सरावल उद्योग वाणिज्य संघ र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा बिच हस्ताक्षर भएको हो । सरावल उद्योग वाणिज्य संघका सदस्यहरुलाई बीस प्रतिशत छुटमा औषधी उपचार गर्ने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा र सरावल उद्योग वाणिज्य संघ बिच हस्ताक्षर भएकाे सरावल उद्याेग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले बताउनुु भयो ।
युनिभर्सल कलेज अफ मेडिकल भैरहवामा उपचार गराउन जाने विरामीहरुलाई बसको भाडा नलाग्ने युनिभर्सल मेडिकलका सुचना अधिकारी सुशिल गुरुङले बताउनुु भयो । उनका अनुसार आईसियो लगायतका सेवामा दश देखि बीस प्रतिशत छुटमा औषधी उपचार गर्ने एक वर्षको सम्झौता भएको छ । स्वास्थ्य विमा गराएका विरामीलाई पचीस हजार ओपिडी दर्ता र

एक लाख सम्मको औषधी उपचार गर्ने उनको भनाई छ ।सरावल उद्योग वाणिज्य संघका प्रत्येक सदस्यहरुलाई भैरहवा मेडिकल कलेजमा उपचारको लागि कार्ड बनाउने सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले बताउनुु भयो । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवा रुपन्देहीमा उपचार गराउन आउने विरामीहरुलाई कम खर्चमा राम्रो उपचार गर्ने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका अधिकृत अजय पिएस बताउनुु भयो ।

उनका अनुसार मेडिकलमा उपचार गराउन आउने मध्ये गरीब परिवारलाई कम लाग्तमा राम्रो उपचार (सेवा )दिने हाम्रो उदेश्य छ ।हस्ताक्षर कार्यक्रम्मा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन,प्रमुख प्रसाशकिय अधिकृत विशाल मिश्रा,वडाध्यक्ष, स्थानीयहरुको पनि उपस्थिती थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here