माटाका भाडा दियोको माग बढयो ।

0
180
Exif_JPEG_420

नवलपरासी- तिहार (दिपावली) नजिकिए संगै माटोको दियोको माग बढेछ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका‐५ का प्रजापति समुदायलाई अहिले माटाका भाँडा दियो बनाउन भयाई नभयाई भएको छ ।

दिपावलीमा माटाका भाँडा पुजामा बढी प्रयोग हुने भएपछि माटाका दियो,गाग्रीको माग बढे संगैअहिले विहान बेलुका र साँझ पनि प्रजापती समुदायले माटाका भाँडा बनाउने गरेकाछन पाल्हीनन्दन गाउँपालिका‐५का वडाध्यक्ष दयाशंकर त्रिपाठीले बताए ।

तिहार पुजामा माटाका भाँडा बढी प्रयोग गर्ने भएपछि माटाका भाँडा बनाउने र विक्री गर्न उनीहरुलाई कामको चाप हुन्छ उनले भने, पुजामा बढी प्रयोग हुने भएपछि माटाका भाँडा बनाउने गाउँ घर समेतमा पुुर्याउने काम गर्छन।दाउराको मुल्य बढेपनि प्रजापति समुदायले माटाका भाँडा बनाउने र व्यपार गर्ने उनीहरुको मुख्य पेश हो।

विद्युुतीय बत्तीको प्रयोगले माटाको दियोलाई विस्थापित गरेपछि,माटाको दियो बनाउने काम पछिल्लो समय भन्दा अहिले घटेछ पाल्हीनन्दन‐५का ७४ वर्षिय भिखन प्रजापतीले बताए।माटाका दियो आगोमा पकाउने दाउराको मुल्य बढेपछि ज्याला र दाउराको हिसाब गर्दा माटाका भाँडा बनाएर बजारमा र विक्री गर्दा आफुुले गरेको मिहिनेत अनुसार मुल्य नपाउँदा चित दुुख्छ उनले बताए ।

दिपावली र छठ पुजामा बढी माटाका दियो प्रयोग गर्ने मधेसमा चलन छ,अन्य बेला स‐साना पुजा तथा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गर्छन प्रजापति परिवारले बताउछन ।दिपावलीमा माटाका भाँडा दियो प्रयोग संगै आम्दनी पनि बढछ । माटो झिकने पोखरी पाल्हीनन्दन गाउँपालिकाले माछा पालन गर्ने ठेकेदारलाई ठेक्का दिएपछि प्रजापति समुदायलाई ठेकेदार माटो झिकन रोक लगाएपछि वडाध्यक्ष त्रिपाठीले माटो झिकन पहल गर्नुु भएको प्रजापति समुदायको भनाई छ ।

माटाका भाँडा पकाउनका लागि दाउराको मुल्य र आफुले गरेको मेहनतको हिसाब गर्दा माटाका भाँडा व्यवसायमा गरेर केही हुनेवाला छैन संजय प्रजापतिले बताउनुु भयो ।नेपालमा माटाका भाँडाको व्यवसाय गरेर परिवार पालन समस्या भएपछि विगतको वर्षमा वैदेशिक रोजगारमा गएको उनको भनाई ।वैदेशिक रोजगारबाट फर्केर नेपाल कुनै काम नपाएर परिवार पालनका अहिले फेरी आफनै माटाका भाँडा बनाउने र विक्री गर्ने काममा लागेको उहाँहरुको भनाई छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here