भुजहवामा धम्म दीक्षा कार्यक्रम समपन्न

0
136
Exif_JPEG_420

नवलपरासी – धम्म दीक्षा कार्यक्रममा भगवान् गौतमबुद्धको अष्टधातुलाई आठ भागमा वितरण गरेको मध्ये रामग्राम स्तूप पनि हो ।

यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिएपछि फर्केका थिए।कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपालाई उत्खनन गर्न नदिनका लागि नागवंशीले आफ्नो ज्यानसमेत दिन तयार भएपछि सम्राट् अशोक फर्केको बताए ।

तत्कालीन सम्राट् अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ ।विश्व बौद्ध धम्म परिषद् नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट् अशोकले पुज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए ।

त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको बताइएको छ।सोही दिनलाई अशोक विजया दशमीको नामबाट बुझिने जनाइएको छ।दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशील बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ ।अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लगायतको उपस्थिति रहेको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here