नवलपुरमा डेंगु संक्रमितको संख्या २ सय ३१ पुग्याे

0
100

कावासोती । नवलपुरमा डेंगु संक्रमितको संख्या २ सय ३१ पुग्याे ।१ जना डेंगु संक्रमितको निधन।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा दैनिक डेंगु संक्रमितकाे संख्या बढदै गएकाे छ ।१ जना डेंगु संक्रमितका कारण निधन भएकाे छ।

 

नवलपुरको गैडाकोटमा सबै भन्दा बढी ८ जनामा डेंगु संक्रमित पुष्टि भएको छ । त्यस्तै कावासोतीमा ४० जना, देवचुलीमा ४७ जना, मध्यविन्दुमा २० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।

त्यस्तै विनयी त्रिवेणीमा २३ जना, हुप्सेकोटमा १७ जना र बुलिङ्गटार गाउँपालिकामा २ जनामा डेंगु संक्रमि देखिएका छन । डेंगु संक्रमण कात्तिक महिना सम्म बढ्न सक्ने भएकोले सतर्क रहन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।

त्यस्तै नवलपुरकाे पहाडी पालिका बौदिकाली गाउँपालिकामा पनि एक जनामा डेंगु संक्रमित पुष्टि भएको छ ।पातलाे वस्ती र चिसान ठाउँ मानिएको बौँदिकाली गाउँपालिका-२ का एक जना पुरुषमा डेंगु संक्रमित भेटिएपछि विषेश सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

 

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here