नवलपरासी-जिल्लाकाे पाल्हिनन्दन गाँउपालिका वडा नं.५ हर्दी बस्ने राेशन भन्ने सुर्य कुमार बढई हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा घटना स्थलमा बुझ्दै जादा घटनामा संलग्न निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्मानित नवलपरासी जिल्ला अदालत परासीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेसम बाेहराले बताए ।
पाल्हीनन्दन-६ का वर्ष ३० का जाेगिन्दर बढई ,साेही वडाका बर्ष २० का सुरज राजभर र परिवर्तित नाम २०८१ वर्ष १७ ब कुमार लाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयमा उनीहरूले दिएकाे ब्यान यस्ताे छ : मिति २०८१/०४/११ गते प्रतिवादी जोगिन्दर बढईको श्रीमतिलाई आफन्तको घरमा पुर्याउन मृतक रोशन भन्ने सूर्य कुमार बढईले मोटरसाइकलमा राखि जाँदै गर्दा बाटोमा जोगेन्दर संग भेट भएपश्चात विवाद शुरु भएको ।
सो विवाद संगै निजले मृतक संग बदलाको भावना राखी रिसिईवी साँधेको,सो कुरा जोगिन्दरको साथी सुरज राजभर र परिवर्तित नाम २०८१ वर्ष १७ ब कुमारलाई जानकारी गराई निजलाई तह लगाउनु पर्छ भनी १३ गते बेलुकी गाउँको कुटिया माई मन्दिरमा बसि गाँजा सेवन गर्दै सोही स्थानमा बोलाएको,सो स्थानमा मृतक साथिहरु समेतको साथमा मोटरसाइकलमा आएपश्चात जोगिन्दर र सुरज लुकेकोले ब कुमारले दुई जना बिचको विबादको विषयमा जिज्ञासा राखि कुनै निस्कर्ष बिना नै रोशनहरु फर्के।
त्यसपछि प्रतिवादीहरु ३ नै जना बेलुकी गाउको पसलमा मादक पदार्थ समेत सेवन गरी सो राती मृतकको घर नजिक बगैचामा गाँजा सेवन गर्दै बसे ।
जोगिन्दर बढईले साथमा लिई आएको पखुवा(धारिलो हतियार) लिई रोशन सुतेको ठाउमा गई बिहान पख लगभग ०४:०० बजेतिर घटना घटाई उक्त हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाई निजको आफ्नो UP 56 AA 2789 मा भारत तर्फ भागि गएको अन्य २ जना गाँउ घरमा नै बसे ।
खोज तलास गर्ने क्रममा मिति २०८१।६।२३ गते निज प्रतिवादी जोगिन्दर बढई आफ्नै घरमा आई लुकिछिपि बसेको सुचना प्राप्त हुन साथ यस कार्यालयबाट प्रहरी टोली खटी गई निजलाई पक्राउ गरी हतियार समेत बरामद गरी यस कार्यालयको हिरासतमा राखी अनुसन्धानको क्रममा घटनामा संलग्न देखिएका अन्य दुई जना समेतलाई पक्राउ गरिएको।यस बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।