नवलपुर-बाघकाे आक्रमणबाट पुर्वी नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
वनमा घाँस काट्न गएको बेला बाघकाे आक्रमणमा परी विनयी त्रिवेणी गाउँपालिका-१ लक्ष्मी टाँडीका६३ वर्षीय जीव बहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीन चुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेपछि उनकाे मृत्यु भएकाे हाे। छिमेकी सहित घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङ मृत्त अवस्थामा भेटिएकाे प्रहरी उपरीक्षक शाहले बताए।थिङको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।