मनिप्लान्ट बचत तथा ऋण सहकारीकाे१२औँ वार्षिक साधारण सम्पन्न

0
106
Exif_JPEG_420

नवलपरासी-जिल्लाकाे सुनवल नगरपालिका-४ मा रहेकाे मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि.को १२औँ वार्षिक साधारण सम्पन्न भएको छ। शनिवार सुनवलको फुडस एण्ड फल्वायर हाेटलमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा प्रमुख आतिथि लुम्बिनी प्रदेश सांसद खड्क बस्नेत कार्यक्रम बोल्दै सहकारीले लगानीकाे सही सदुपयाेग भएछ कि नाई त्यसकाे सेयर सदस्यले अनुगमनका गर्न जरुरी छ।

सहकारीहरूले शेयर सदस्य भन्दा अरू ठाउँमा लगानी गर्दा अहिले सहकारीहरूमा समस्या आएकाे उनले बताए ।सेयर सदस्यलाई  उत्पादनमा जोडेर आत्मा निर्भर बनाउन आजको आवश्यकता रहेको बताए ।

वि.स २०६९सालमा स्थापना भएको उक्त सहकारीमा २३८जना पुरुष र ३२९ महिला छन जम्मा ५ सय ६७ जना शेयर सदस्यहरू रहेको संस्थाका  सचिव किशोर कर्मचार्यले जानकारी दिए।वार्षिक साधारण सभामा सचिव प्रतिवेदन किशोर कुमार कर्माचार्य लेखा समिति प्रतिवेदन ऋषिराम भुसाल,उमा कुमारी गुरूङ कोषाध्यक्ष र अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले वार्षिक ४ करोडको ८८ लाख ४० हजार कारोबार गर्दै कुल १६ लाख ७६  हजार एक सय  रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको संस्थाका लेखा संयाेजक ऋषिराम भुसालले  जानकारी दिए।सहकारीले २०८०/८०१मा ४ करोडको ८८लाख ४० हजार ३ सय ८६ रुपैयाँ कारोबार गरेको उनले बताए ।

शेयर पुँजी ४७ लाख ७३ हजार ८ सय रहेको  छ भने तीन कराेड ९९ लाख रहेकाे संस्थाले जनाएकाे छ ।एसईईमा उत्कृष्ट अङ्क ल्याउने  शेयर सदस्य छाेरा छाेरीहरूलाई संस्थाले  सम्मान गरेको थियो ।

संस्थाका बलबहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पदम बहादुर क्षेत्री सुनवल नगरपालिका-४ वडाध्यक्ष  बालकृष्ण पगेनी कबिता बाचक एवम् संस्थाका सदस्य  लक्षमण पाैडेल क्षेत्री संस्थाका  शेयर सदस्य तर्फबाट मदन पाैडेल, मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाका सचिव किशाेर कर्मचार्य लगायत मन्तव्य राखेका थिए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here