नवलपरासीमा तीन प्रतिशत धान उत्पादन बढने ।

0
136
{"data":{"pictureId":"3ec2996955cb4d088808ef6ad0d817b3","appversion":"4.5.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","exportType":"image_export","editType":"image_edit","alias":""},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","client_key":"aw889s25wozf8s7e","picture_template_id":"","capability_name":"retouch_edit_tool"}"}

नवलपरासी-पश्चिम नवलपरासीमा तीन प्रतिशतले धान उत्पादन बढेको छ।गत वर्षको तुलनामा यस वर्ष तीन प्रतिशतले धान उत्पादन बढेको नवलपरासी कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बीस हजार चार सय ८७ हेक्टरमा धान खेती हुदै आएकाे कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले जानकारी दिए।गत वर्ष ९१ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा ।यस वर्ष ९६ हजार मेट्रिक टन बढी धान उत्पादन हुने अनुमान गरिएको छ।

गत वर्षकाे तुलनामा यस वर्ष तीन प्रतिशतले धान उत्पादनमा बृद्धि हुने पश्चिम नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा․रविन्द्र नाथ चौवेले बताउनुु भयो।यस वर्ष सरावल र पाल्हीनन्दनका केही वडामा धान डुबानमा परेपनि धेरै मात्रामा धान नष्ट नभएकाे कृषि ज्ञान केन्द्रकाे भनाइ छ ।

अवश्यकता अनुसार मल (खाद) र समयमा वर्षा हुँदा धान उत्पादन बढेको पाल्हीनन्दन(४ निवासी शिवशंकर कुर्मीले बताए।जन्नत,एच एम जारा, प्रसन्ना,एन एस,गोल्डेन धानहरु राम्रो फलेकोछ।कम्बाई र थ्रेसर मेसिनबाट धान काटेर घरमा भित्रयाउने अहिले धानको चटारो लागेको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here