परासी-जिल्लाको सरावल गाउँपालिकामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर समपन्न भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको आयोजना तथा सरावल गाउँपालिकाको सहकार्यमा सरावल-४ हात्तिबनमा पशु स्वास्थ्य शिविर संचालन गरिएको हो।पशु स्वास्थ्य शिविरमा सहभागि गाई,भैंसी, बाख्रा लगायत पशु पंक्षीहरुलाई निशुल्क औषधी उपचार गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले जनाएकाे छ।
पशु शिविरबाट ५६ वटा गाई,१६१ भैँसी र ७०४ वटा बाख्रालाई उपचार गरिएको छ । शिविरबाट १६३ घरधुरी लाभाविन्त भएका छन ।पशुहरुमा लागेको रोग कसरी पहिचान गर्ने कहाँ कहाँ उपचार गर्ने बारे र पशु स्वास्थ्य सचेतना समेत गराउने उद्देश्यले पशु स्वास्थ्य शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रको प्रमुख श्रवण कुमार चौधरीले बताए।
गाउँ घरमा दुईचार वटा पशु पाल्ने किसानहरुलाई रोगहरुको बारेमा खासै थाहा नहुने र पशुको स्यहार सुसारमा कम ध्यान रहने र समय समयमा नियमित औषधीहरु कहाँबाट प्राप्त गर्ने र पशुलाई सेवन गराउने पशु सेवा अधिकृत सुरेश प्रसाद मिश्राले बताए ।
शिविरमा नआएका ठुला पशु चौपायाहरुको बारेमा सोधपुछ गरी लक्ष्णको आधारमा औषधीहरु वितरण गरिएछ ।पशु रोग अन्वेषण प्रयोग शालाका डाक्टर,भेटेरिनरीका डाक्टर,पशु विज्ञ र सरावल गाउँपालिका पशु शाखाका कर्मचारीहरुको प्राविधिक सहयोग थियो ।पशु सेवा प्रदान गर्ने उद्देश्यले पशु स्वास्थ्य शिविर संचालन गरेको थप दुई वटा शिविर संचालन गर्न बाकी छ ।