नवलपरासी-रामग्राम नगरपालिका शिक्षा शाखा अधिकृत सुन्दर खनालले प्राविधिक समस्याका कारण यस वर्ष स्थानीय पाठ्य पुस्तक छापाई गर्न नसकिएको बताए । उनका अनुसार ५८ वटा सामुदायिक विद्यालयमा एक देखि आठ कक्षा सम्मका पाँच हजार १८ विद्यार्थीहरूलाई पाठ्य पुस्तक वितरण गर्नु पर्ने छलफल भइरहेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले विद्याथी,अभिभावक र विद्यालयबाट आएका गुनासा सम्बोधन गर्न पुस्तक छाप्ने प्रक्रियामै रहेको बताए । नगरप्रमुख धनपत यादवले अब चाँडै पुस्तक छपाइ अगाडि बढाउने जानकारी दिए ।नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक,धार्मिक,सामाजिक,सांस्कृतिक विषय,स्थानीय कला,सीप, प्रविधिक,पशुुपालन र यहाँका जातजातिकोको पहिचानसँग जोडिएका विषयहरूबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रम लागू गरेका छौँ।त्यस्तो महत्वपूर्ण पुस्तक वितरणमा यस वर्ष ढिलाई भएको छ।अब चाँडै समस्या समाधान गर्छौं उनले भने।
रामग्राम नगरपालिकाले स्थानीय मौलिक कला,संस्कृति, सभ्यता,पर्यटकीय तथा ऐतिहासिक पहिचानसँग जोडिका स्थलसहितका बारेमा जानकारी दिने उद्देश्यले ‘हाम्रो रामग्राम’ पाठ्य पुस्तक पठनपाठन सुरु गरिसकेको छ।विद्यार्थीहरुलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयमा नियमित पठन पाठन हुने गरी यो पुस्तक लागू गरिएको हो।
नगरभित्रका १८ वटै वडालाई समेटेर एतिहासिक,धार्मिक,सामाजिक,सांस्कृतिक,स्थानीय सीप,प्रविधि,पशुपालन र यहाँ बसोबास गर्दै आएका जात जाति लगायतका बारेमा पुस्तकमा समावेश गरिएको छ।जसले स्थानीय विद्यार्थी,अभिभावक र शिक्षक शिक्षिका उत्साहित भएका थिए तर यस पटक भने सो पुस्तक विद्यार्थीको हातमा पुर्याउन सकिएको छैन।नगरपालिकाले यस वर्ष समुदायिक विद्यालयका विद्यार्थीहरूलाई पाठ्य पुस्तक वितरण नगर्दा पठन पाठनमा समस्या भइरहेको शिक्षक तथा विद्यार्थीहरूले गुनासो गरेका छन्।