नवलपरासी-लुम्विनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सनतु जयसवाल र प्रतिनिधि सभा सदस्य विनोद चौधरी सरावलको धनगडवा छठ घाटमा छठी माताका पुजा गर्न आउनु भएको छ ।
छठ पर्वको मुख्य दिन आज अस्ताउदै गरेको सुर्यलाई अध्र्य दिएर पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५स्थित धनगडवा छठ घाटमा उहाँहरु संगै पुजा गर्न आउनु भएको हो ।
केही समय अगाडी सम्म भारतको विहारमा बढी मात्रमा छठ मनाउने छठ पर्व आज नोपलको मधेसमा पनि पुणर् आस्थाका साथ छठ माताको पुजा आराधना गरी मनाउने गरेछन सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताउनु भयो ।पछिल्लो वर्षको तुलनामा यस वर्ष छठ ब्रत बसने भक्त जनको संख्या बढेको देखिन्छ उनले भने ।
कातिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म मनाइने सुर्य देवको अराधना उपासना र पुजाको यो पर्व मंगलवार देखि सुरु भएको हो । कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष वासमती हरिजन,प्रतिनिधि सभा सदस्य विनोद चौधरी,लुम्विनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सनतु जयसवाल,सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी,वडाध्यक्ष लक्षमण चौधरी लगायत स्थानीयहरुको पनि उपस्थिती रहेको थियो ।