काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गर्नु भएको छ।
बिष्टले अघि सारेको थाहा दर्शन एवं आन्दोलनको सम्मानमा मकवानपुरमा नगरपालिकाको नाम नै थाहा राखिएको छ।