लुम्बिनी-लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमे छिरिङ)संग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बराथन पशुपथिले लुम्बिनीमा भेटवार्ता गरेका छन्।
भेटवार्तामा हवाई माध्यमबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हवाइ माध्यमबाट पर्यटक ल्याउने बिषयमा छलफल भएको छ ।
उपाध्यक्ष लामाले भैरहवास्थीत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद दिनु भयो।सिइओ बराथनले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो पर्यत्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियममित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम र स्वास्थ्य परिक्षण जस्ता आवश्यक सुविधाहरु भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नु भयो ।
भेटवार्तामा सहभागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले यथासिघ्र बैदेशिक रोजगारीमा जानेहरुका लागि आश्यक सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने बिषय पहल भइरहेको जानकारी दिनु भयो।
भेटमा जजिरा एयरवेज नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरु र एयरवेजका कार्मचारीहरुको सहभागिता रहेको थियो ।