प्रेसकान्सिल द्रारा चार मिडिया कालाे सुचीमा

0
152

काठमाडौं-प्रेस काउन्सिलले चार वटा सञ्चार माध्यमलाई कालो सूचीमा राख्ने निर्णय गरेको छ ।

आचार संहिता प्रतिकुल कार्य गरेको भन्दै ४ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेकोछ  भने ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी  छान विन गरिरहेको छ।त्यस्तेै एउटा युटुब च्यानललाई कार्वाहीका लागि नेपाल प्रहरी साईबर व्युराेमा पत्रचार गरेकाे प्रेसकान्सिलले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।

प्रेसकान्सिल आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो ।दशैं अघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।

आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय भएको हो ।काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ ।

कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन् ।काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबरब्युरोमा समेत पठाएको छ ।

त्यसै गरी आचारसंहिताका विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारवाहीका लागि काउन्सिलले ७ वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गर्न थालेको काउन्सिलले जनाएको छ। त्यसमा दियो पोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइन टिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजा खबर टिभि र विजी टिभी (युट्युब च्यानल) सुचीमा छ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लाल बाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले निर्णय गर्नु भएकाे हो ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एशोसिएसनको समेत प्रतिनिधित्व हुन्छ ।प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमन समेत गरिरहेको छ ।

पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्नकान्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराले द्वारा जारी विज्ञप्तिमा सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here