पण्डितपुरमा खुल्ला संग्रहालय निर्माण गर्ने ।

0
127
Exif_JPEG_420

नवलपरासी -पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ स्थित गौतम बुद्धको मावली पण्डितपुरमा एक करोड लागतमा खुल्ला संग्रहालय निर्माण हुने भयो ।

नेपाल प्रहरीका पुर्व आईजीपी तथा सांसद धु्रव बहादुर प्रधानले गौतम बुद्धको मावली पण्डितपुरमा एक करोड लागतमा खुल्ला संग्रहालय निर्माण गर्नका लागि आफुले बजेट विनियोजन गरेको बताउनु भयो ।

उनका अनुसार देवदह ताल,रामग्राम स्तृपमा आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि संग्रहालय निर्माण गर्नका लागि अब ठेठ्ठका प्रकृयमा जाने । यस क्ष्ोत्रमा उतखन्नका क्रम्मा फेला परेका बुद्धकालीन ईँटा,माटाका भाँडा कुँडा लगायतका विभिन्न भग्रावशेष यस संग्रहालयमा सजाएर राख्ने साथै यस क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकहरुको लागि चिया,कफी र पानीको पनि व्यवस्था गर्ने उनको भनाई छ ।

जिल्लाको पण्डितपुरमा खुल्ला संग्रहालय निर्माणका लागि त्यहाँका स्थानीयहरु संग सांसद प्रधानले छलफल गर्नु भएको थियो रामग्राम निवासी एवम् राप्रपाका नेता रामभवन यादवले बताउनु भयो ।

गौतम बुद्धको मावली पण्डितपुरमा खुल्ला संग्रहालय निर्माण गर्ने सांसद प्रधानले भन्नु भएको रामग्राम विकास कोषका सदस्य समेत रहेका पुरातत्वका जानकार नारद यादवले बताउनु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here