नवलपरासी- जिल्लाकाे रामग्राम-१२ पचगावाबाट १३ किलो ८ सय ८० ग्राम गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
गाँजा सहित ५० वर्षीया रेश्मा देवी राजभरलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी नरायण थापाले जानकारी दिनु भयाे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिबन्धित लागुऔषध लुकाइछिपाई राखिएको अवस्तामा गाेप्य सूचना अधारमा खान तलासी गर्दा जेब्रा झोलामा लुकाइएको अवस्थामा गाँजा फेला परेको थियो।
महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।