सुनवलमा पसु सेवा केन्द्र संचालनमा आयाे

0
121
Exif_JPEG_420

नवलपरासी -पश्चिम नवलपरासीको सुनवल नगरपालिका -२ मा  डेढ कराेड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ ।

आज आयोजित कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालले पशु सेवा केन्द्रको उद्घाटन गरिन्। उनले सेवा केन्द्र सञ्चालनमा ढिलाइ भए पनि अब सेवा प्रवाहमा कुनै कमी आउन नदिने बताइन् ।

पशु सेवा केन्द्रमा आउने गाई,भैँसी, बाख्रा लगायत जनावरलाई पशु विज्ञ डाक्टर द्वारा निःशुल्क औषधोपचार गर्ने बताइन् ।

पशु सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका गाई भैँसी, बाख्रा लगायत चौपायाको उपचारमा सहज हुने र पशुविज्ञ चिकित्सक द्वारा निःशुल्क औषधोपचार हुने जनाइएको छ ।

फाेटाे मज्झिम  आवाज

संघीय सरकार र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएको केन्द्र सञ्चालनमा आएपछि स्थानीय पशुपालक किसान निकै लाभान्वित हुने अपेक्षा गरिएको सुनवल-२ का वडाध्यक्ष राजेन्द्र यादवको भनाइ छ ।

यहाँ विसं २०७८ मा पशु सेवा केन्द्र भवन निर्माण सुरु भएको थियो ।नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना तथा हरिहर भवन ललितपुरको आर्थिक सहयोगमा एसियाटिक वसन्त जेभीले भवन निर्माण गरेको हो ।

पशु सेवा केन्द्रको काम सम्पन्न गरेर २०७९ सालमा सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

निर्माणाधिन सेवा केन्द्र समयमा सञ्चालनमा आउँदा पछिल्लो समय यहाँका धेरै पशु चाेैपाया उपचार नपाएर मृत्युु भएकाे  स्थानीय हीरालाल यादवले बताए ।

पशु चौपाया बिरामी हुँदा अब समयमै उपचार पाउनेमा आफूहरू विश्वस्त भएको स्थानीय जित बहादुर पौडेलले आशा व्यक्त गरे ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here