प्रहरी कार्यालय भित्र पुस्तकालय

0
80

नवलपरासी-पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ। जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउनकाे लागि जिल्ला प्रहरी कार्यालय भित्र पुस्तकालय स्थापना गरिएको हो ।

प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न,कोठामा लैजान सक्ने गरी अध्ययनको वातावरण बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए।

उनका अनुसार पुस्तकालयमा लुम्बिनी स्मारिका,मदरसा सन्देश,ज्ञान गङ्गा,जीउने मार्ग,आधुनिक ब्राहमण्ड,चौतारी, दरबाहिरकी महारानी,प्रज्ञा आधुनिक नेपाली गजल लगायत तीन सय बढी किताब राखिएकाे छ। तीन हजार किताब थप गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

अहिले प्रहरीका लागि मात्र कार्यालय भित्र पुस्तकालय स्थापना गरिएको भन्दै आगामी दिनमा सर्वसाधारण पनि कार्यालय भित्र आएर पढ्न पाउने वातावरण बनाइने फुयाँलले उल्लेख गरे।पुस्तकालय गत कात्तिक मिहनामा स्थापना भएको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here