नवलपरासीमा कराेडाैं मूल्य बराबरका सालका काठ सड्दै

0
100
{"data":{"pictureId":"017e44db276a49428b023e07be2f533a","appversion":"4.5.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","exportType":"image_export","editType":"image_edit","alias":""},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","client_key":"aw889s25wozf8s7e","picture_template_id":"","capability_name":"retouch_edit_tool"}"}

नवलपरासी-पश्चिम नवलपरासीमा कराेडाैं मूल्य बराबरका सालका काठ सड्न थालेको छ ।

डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र डेढ लाख क्युफिट सालका  काठ बिक्री नभएर सड्न थालेको हो ।

काठ बिक्री सम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ।प्रदेशको वन नीति संशोधन नभए सम्म काठ बिक्रीमा समस्या आइरहने उनले बताए । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताए ।

काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी सङ्घका अध्यक्ष दीपक पङ्गेनीले बताए ।

सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वन भित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here