उद्योगकाे प्रदुषित पानी राेकन स्थानीयकाे माग

0
75
Exif_JPEG_420

नवलपरासी-जिल्लाको रामग्राम नगरपालिका-१०मा रहेका उद्योगको फोहर पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेकाे छ ।

उद्याेगहरूबाट निस्किएको प्रदुषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछि पाल्हीनन्दन गाउँपालिका-६निवास सन्दीप यादवले जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिएकाे बताए।

उद्योगबाट निस्किएको फोहरले गाउँ तथा खाेला नाला प्रदूषित हुनुका साथै खोला दुर्गन्धित बनेको उनले भने उद्योगबाट निस्किएका प्रदुषित पानी खोला,नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्‍याउनुका साथै जनावरहरूलाई पनि क्षतिपुर्याईरहेकाे छ।

प्रदुषित पानीबाट वातावरण प्रदूषण हुनुका साथै पशुचौपाया त्याे पानी खाए मृत्यु हुनुका साथै कृषि बालीलाई पनि क्षति पुर्याउन थालेपछि प्रदूषित पानी रोक्नका लागि जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा निवेदन दिइएको यादवले जानकारी दिए।

जिल्लामा रहेका राेसलान भोडका,वरुण वेभरेज, लुम्बिनी पेपर मिल,गोयनका लगायत प्रालिबाट निस्किने प्रदूषित पानी प्रशोधन नगरी खोलानालामा छोडेपछि वातावरण समेत दर्गन्धित भएकाे पाल्हीनन्दनका धरेन्द्र यादवले बताए।

त्याे पानी खेतमा हाल्दा कृषि बालीमा क्षतिपुर्याउनुकाे साथै त्याे पानीबाट मानिसकाे हात खुट्टा कुहिनु र चरन गर्न गएका बेला उद्योगबा निसकेका प्रदुषित खाएर पशुचौपायाकाे मृत्यु भएकाे उनले बताए ।

उद्योगबाट निस्किने फोहर पानीले वातावरण दूषित गरेको रामग्राम नगरपालिका-१०का वडाध्यक्ष सुरेश यादवले बताए।

उद्योगहरूको प्रदूषित पानीले कृषि तथा पशुचौपायामा क्षति पुर्‍याएको स्थानीयवासीले उजुरी दिएपछि अनुगमनमा जादा प्रदूषित पानी भेटिएकाे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताईन ।

उद्योगबाट निस्किने प्रदुषित पानीकाे समस्या समाधानका लागि उद्योगका प्रतिनिधि,स्थानीय प्रतिनिधि,नागरिक सहित छलफल गरेर समस्या समाधान गर्ने उहाँको भनाइ छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here