दुई वर्ष पहिलै निर्माण समपन्न चएको बस पार्क रामग्राम नगरपालिकाले संचालनमा ल्याउन सकेन ।

0
68
Exif_JPEG_420

नवलपरासी-पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐४ केरवानीमा दुई वर्ष पहिला निर्माण भएको बष पार्क अहिले सम्म संचालनमा आएन।दुई करोड ८० लाख रुपैयाँ लागतमा निर्माण गरिएको बस पार्क रामग्राम नगरपालिकाले संचालनमा ल्याउन सकेको छैन।

ठेकेदारले नगरपालिकालाई दुई वर्ष अघि नै हस्तान्त्रण गरेको बस पार्क अहिले सम्म संचालनमा छैन सहरी विकासका ईन्जिनियर विरेन्द्र मण्डलले बताउनु भयो।

उनका अनुसार ६० वटा सवारी उभिनको लागि निर्माण गरिएको बसपार्क जाने सडक साँगुरो रहेको उनको भनाई छ।बस पार्क प्रयोगमा नआउँदा संरचना समेत फलाम र भित्तामा लगाएको रङ्गमा खिया लागन थालिसकेको छ।दिनप्रति दिन भवनको अवस्था विग्रिन थालेको छ ।

सहरी विकासले स्थानीयतहलाई हस्तान्त्रण नगरेकोले संचालनमा नआएको रामग्राम नगरपालिका-४का वडाध्यक्ष मदन यादवले बताउनु भयो।उनका अनुसार बसपार्क जाने सडक पनि साँगुरो रहेको उनको भनाई छ।

निर्माणधिन बस पार्क जाने सडक साँगुरो रहेको तथा रामग्राम नगरपालिकाले बस व्यवसायीलाई हस्तानत्रण नगरेपछि महेशपुर परासीे सडक खण्डको छेउमा भाडामा जग्गा लिएर सवारी साधन उभिने गरिरहेका छौं पाल्ही मध्य नेपाल यातायात बस व्यवसायीका अध्यक्ष ऋषि राम पौडेलले बताउनु भयो।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here