बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्थाकाे २६ओैं वार्षिक साधारणसभा सम्पन्न

0
42
Exif_JPEG_420

नवलपरासी-बडहरा दुबाैलिया आय आर्जन बचत तथा ऋण सहकारी संस्थाकाे २६ओैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ।पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर-५ मा भएकाे स्थानीय जनप्रतिनिधिहरूकाे पनि उपस्थिती रहेकाे थियाे ।

कार्यक्रम्मा सहकारीका संचालक अध्यक्ष विरेन्द्र यादव,उपाध्यक्ष सीतमणी केवट,काेषाध्यक्ष रमाशंकर गुप्ता,सचिव प्रदिप कुमार गुप्ता,सदस्य राेहिणी देवी कहार,रूक्मिणी देवी अहिर,जनमेजय यादव,कुस्मावती यादव,सुनमती खाँ,कविता देवि राजभर,उमा कुमारी चाैधरी,लेखा संयाेजक शैलेश कुमार चाैधरी,सदस्य ओम बहादुर यादव,विनिता काेइरी वडा नं ४ का वडाध्यक्ष सुरेश प्रसाद यादव,५नं वडाध्यक्ष लक्ष्मण प्रसाद चाैधरी,सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्रा,सहकारी शाखा प्रमुख निसा चाैधरी,पुर्व अध्यक्ष दिनेश सहानी,लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सधारणासभामा संयाेजक शैलेश कुमार चाैधरीले २०८०/०८१ मंसिर सम्मकाे अार्थिक विवरण विवरण प्रस्तुत गरेका थिए ।प्रतिवेदन अनुसार सहकारीमा हाल १ हजार ७ सय १९ महिला र ८ सय ४१ पुरुष र  १० जना संस्थागत गरी २ हजार ५ सय ७० जना सेयर सदस्य रहेका छन ।

आर्थिक वर्ष ८०/८१ मा २ कराेड ८७ लाख ६५ हजार ४ सय ७५ रूपैयाँकाे काराेबार गरी साेही अवधिमा कर्मचारी खर्च,कार्यालय व्यवस्थापन खर्च,प्रशासनिक खर्च,ऋण तथा निक्षेपमा व्याज खर्च,ह्रास कट्रटा खर्च,२ कराेड ६२ लाख ७१ हजार ४ सय ४९ रूपैयाँ कटाएर २४ लाख ४९ हजार २६ रूपैयाँ फाइदा भएकाे छ ।

संस्थाका सेयर सदस्यकाे घरमा कसैकाे मृत्यु भएमा कृया खर्चकाे लागि संस्थाले रु ५ हजार सहयोग गर्ने छ।सेयर सदस्यकाे विमाकाे लागि रु ५ हजार बचत गरेर रु १ लाखकाे जीवन विमा गरीन्छ र रु १० हजार बचत गर्नेलाई रु २ लाखकाे जीवन विमा संस्थाले गर्ने संस्थाका व्यवस्थापक रामचन्द्र राजभरले बताए।

संस्थाले आफ्नाे क्षेत्रका जनताहरुले स्वदेश तथा विदेशबाट रेमिटेन्सकाे रुपमा पठाएको पैसा लिन बाहिर जाने समस्यालाई मध्य नजर गरि सम्पूर्ण किसिमका रेमिट कम्पनीसँग सम्झौता गरि प्रभु मनि ट्रान्सर्फमर,हिमाल रेमिट,सिटी एक्सप्रेस,सनिमा एक्सप्रेस,नेपाल रेमिट,ई-सेवा र अनलाइन विद्युत महसुल बुझाउने सेवाहरु सञ्चालनमा रहेकाे संस्थाका सचिव प्रदिप कुमार गुप्ताले बताउनुभयाे ।

उत्कृष्ट बचत कर्ता,असल ऋणी,सकृय सदस्य,वृद्धवृद्धा सदस्यहरुलाई नगद सहित दाेसल्ला ओढाइ सम्मान गरेकाे छ। २०५५ साल चैत ९ गते संस्थापक अध्यक्ष नन्दलाल राजभरकाे अध्यक्षतामा महिला पुरुष गरी ५४ जना सेयर सदस्यहरुबाट बडहरा दुबौलिया आय आर्जन बचत तथा ऋण सहकारी डिभिजन सहकारी कार्यालय परासीमा दर्ता भएकाे छ।

सहकारी तथा बैंकबाट लिएकाे ऋण सरकारले माफ हुन्छ भ्रम्मा नपरी अाफुले लिएकाे ऋण थाेरै थाेरै जम्मा गरे भने चुक्ता हुन्छ। अाफु आवश्यकता अनुसार मात्र बैंक तथा सहकारी संस्थाबाट ऋण लिन उपस्थित सबैलाइ सरावल गाउँपालिकाकी उपाध्यक्ष वासमती हरिजनले सुझाव दिइन।याे सहकारी संस्था सम्पुर्ण सेयर सदस्यहरुकाे याेगदानले उत्कृष्ट संस्थाकाे रुपमा अहिले परिचित भएकाे छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here