नदवामा डेढ सय जनालाई भोजन दान

0
99
Exif_JPEG_420

नवलपरासी-बाबा साहब भीमराव अम्बेडकरको ६९ औं परिनिर्वाण दिवसको अवसरमा जिल्लाको रामग्राम नगरपालिका-१० नदवामा डेढ सय जनालाई भोजन दान गरेका छन ।

रामप्रित सि को अध्यक्षतामा प्रमुख अतिथि अधिवक्ता मनोज कुमार नागवंशी विशिष्ट अतिथी बालचन्द बौद्ध, निबर बौद्ध लगायत उपस्थित थिए।

भारतका प्रथम कानुन एवम् न्याय मन्त्री भारतीय संविधानका जनक एवम् भारतका गणराज्य बाबा साहब भीमराव अम्बेडकरको ६९ औं परिनिवाणर् दिवसको दिन एक कार्यक्रम आयोजना गरी भोजन दान गरेकोहो ।

६ दिसम्बर १९५६ मा दिल्लीमा बाबा साहबकाे परिनिर्वाण भएको अधिवक्ता मनोज कुमार नागवंशीले बताउनु भयो।बाबा साहेब भीमराव अम्बेडकर एक भारतीय बहुज्ञ,विधिवेत्ता,अर्थशास्त्री,राजनीतिज्ञ र समाज सुधारक थिए।

नवबौद्ध अन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसलाई गरिने भेदभावको विरोधमा अभियान चलाउनु भएको थिया उनले भने।उनी स्वतन्त्र भारतका प्रथम कानुन एवम् न्याय मन्त्री र भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता थिए।

उनी कोल्मविय विश्वविद्यालय र लन्डन स्कुल अफ ईकोनोमिक्स दुबैबाट नै अर्थशास्त्रमा विद्यावारिधिको उपलब्धि प्राप्त गर्नुका साथै कानुन अर्थशास्त्र,राजनित र विज्ञानमा शोध कार्य पनि गर्नु भएको थियो।

पेसागत जीवनको प्रारम्भिक भागमा अर्थशास्त्रका प्राध्यापक र वकालतमा लागेका बाबासाहब अम्बेडकर पछि राजनीतिमा सक्रिय भए।

उनी भारतको स्वतन्त्रताको प्रचार प्रसार तथा पत्रिकामा लेख प्रकाशन,राजनीतिक अधिकारहरूको वकालत र जनजाती आदीबासी गरीब विपन्न तथा दलित समुदायको सामाजिक स्वतन्त्रका साथै महिलाहरुको हक अधिकारको लागि पनि आवाज उठाई स्वतन्त्र भारतको पुननिर्माण तथा विकासमा महत्त्वपूणर् योगदान पुर्याउनु भएको थियो।

राज्य सभाका सदस्य,भारतका प्रथम कानुन एवम् न्याय मन्त्री,भारतीय संविधान सभाको मसौदा समितीका अध्यक्ष,श्रम मन्त्री वायसरायको कार्य परिषद,मुम्बई विधान सभा सदस्य,सहितका पदमा थिए।

अमेरिकाको १६ औ राष्ट्रपती अबराहमा लिङकनले दास प्रथाको अन्त गरे जस्तै संसारमा जात र धर्मको अधारमा हुने दमन सोसणको विरुधमा समाजिक अन्दोलन कर्ता तथा सम्ता मुलक समाजका निर्माणको लागि भारतीय संविधानको रचैता रहेकोले बाबासाहेब भीमराव अम्वेडकर भारतमा मात्र नभई विश्वभरी प्रसिद्ध र लोकप्रिय छन्।

जातिय विभेद तथा छुवाछुत र दलित समुदायको हक अधिकारको बारेमा दलित समुदायलाई जनचेतनाका लागि अभियान अभियान चलाउने कार्यक्रम्म्मा उपस्थित वक्ताहरुले बोल्नु भएको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here