राजनीतिक कोर्ष बदल्ने बेला आएको छ: प्रचण्ड

0
70

काठमाडौ-नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ।

माओवादी केन्द्र गोरखा-काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उहाँले स्पष्ट गर्नु भयो । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जादा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उहाँले अब त्यो बेला आएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र साम्सद होइन बिज्ञ मन्त्री बन्ने व्यसस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उहाँको जोड थियो।उहाँले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

यसपटक बिरोधीहरुले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उहाँ अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताउनुभयो ।

यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उहाँले स्पष्ट गर्नुभयो । अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताउनुभयो ।

पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले आगामी समाजवादी अभियान अघि बढाउन संभव हुने उल्लेख गर्दै उहाँले विभिन्न धारामा बाडिएका शक्तिबीचको एकतालाई जोड दिएर लैजानुपर्ने बताउनुभयो ।

जनयुद्धको तयारी, थालनी, सन्चालनहुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उहाँले स्पष्ट गर्नुभयो ।

अध्यक्ष प्रचण्डले देशभर निरासा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले भर्खरै सप्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका ५ बाट निर्वाचित वडाध्यक्ष बिष्णु रानालाई सम्मान गर्नुभएको थियो।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here