प्रतापपुरमा छैंठौ अधारभुत तथा तेस्रो राष्टपति रनिङ शिल्ड खेलकुद सुरु ।

0
52
Exif_JPEG_420

नवलपरासी-जिल्लाकाे प्रतापपुर गाउँपालिकाले प्रतापपुर गाउँपालिका स्तरीय अन्तर विद्यालय छैंठौ अधारभुत तथा तेस्रो राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भएको छ ।

“स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं-२ स्थित आदर्श माध्यमिक विद्यालयको प्राङडमा छैंठौ अधारभुत तथा तेस्रो राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सेमरीमा आज देखि सुरू गरेको हो ।

गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य ध्रव बहादुर प्रधानले खेलकुद प्रतियोगिता समुदघाटन गर्नु भएको हो।गाउँपालिका भित्र ५१ वटा समुदायिक,धार्मिक तथा संस्थागत विद्यालय मध्ये समुदायिक धार्मिक तथा संस्थागत गरी ४८ विद्यालय राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सहभागि रहेको खेलकुद व्यवस्थापन समितीका सदस्य अभिनदन सिंहले बताए ।

उनका अनुसारसर्टफुट,एक सय, चार सय,आठ सय,र तीन किलोमिटर,लङ जम,हाईजमप, लगायतका खेलकुद हुने खेलकुदमा प्रथम, आउने विद्यालयलाई २५ हजार र प्रमाण् पत्र द्रितिय, आउने विद्यालयलाई १५ हजार र प्रमाण पत्र र त्रितिय आउने विद्यालयलाई १० हजार र प्रमाण पत्र दिने उक्त विद्यालयका खेलाडीलाई प्रमाण पत्र र मेडल वितरण गर्नेछ ।

खेलकुद समुदघाटन कार्यक्रम्मा जिल्ला समन्वय समिती प्रमुख भगौती यादव प्रतापपुर गाउँपालिका वडाध्यक्ष वडासदस्य शाखा प्रमुख विद्यालय व्यवस्थापन मिती लगायत उपस्थित थिए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here