पृथ्वीचन्द्र अस्पतालका तीन जना डा.स्वैच्छिक राजिनामा दिएका छन ।

0
409
Exif_JPEG_420

नवलपरासी-पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बुद्ध चोक स्थित पृथ्वीचन्द्र अस्पतालका तीन जना डा. स्वैच्छिक राजिनामा दिएर गएका छन।

लुम्बिनी प्रदेश सरकारको‘एक जिल्ला,एक अस्पताल’नीतिअनुसार निर्माण गरिएको उक्त अस्पतालमा करारमा रहेका नाक कान घाँटी,हड्डी,तथा बाल राेगका डाक्टरहरू स्वैच्छिक राजिनामा दिएर गएकाे पृथ्वीचन्द्रअस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नुरूल हाेदाले बताए।

उनले भने नाक कान घाँटीका डा.सराेज काफलेले स्वैच्छिक राजिनामा दिएर अध्यनकाे लागि भारतमा गएका छन।त्यस्तै देवदह मेडिकल कालेज घरपाही परेकाेले हड्डी राेगका डा.सुदर्शन पाण्डे स्वैच्छिक राजिनामा दिएर गएका छन।

बाल राेगका डा.राेसन पाैडेलकाे परिवार नेपालगञ्ज स्थित एक अस्पतालमा कार्यरत रहेकाेले स्वच्छिक राजिनामा दिएर गएका छन।

पृथ्वीचन्द्र अस्पतालका तीनै जना डा.राजनितिक हस्तक्षेपका कारण राजिनामा दिएकाे समाचार निराधार रहेकाे पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए।

करारका तीनै जना डा.ले स्वैच्छिक राजिनामा दिएर गएकाे अस्पतालका अध्यक्ष गुप्ताले जानकारी दिए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here