पाल्हीनन्दनमा छ जना कुष्ठ रोगी फेला परेका छन ।

0
59
Exif_JPEG_420

नवलपरासी-पाल्हीनन्दन गाउँपालिमा छ जना कुष्ठ रोगी फेला परेका छन ।

द लेप्रोसी मिसन नेपालले गाउँपालिका स्तरीय कुष्ठ रोग नियन्त्रण परियोजना पालिका स्तरीय परियोजनाको समझौता तथा अभिमुखिकरण कार्यक्रम्मा स्वास्थ्यकर्मी,जनप्रतिनिध,कर्मचारी लगायतको उपस्थित थिए।

स्वास्थ्य परीक्षण गर्दा पाल्हीनन्दन गाउँपालिकामा छ जान कुष्ठ रोगी फेला परेका छन पाल्हीनन्दन गाउँपालिका स्वास्थ्य शाखा अधिकृत हरीशंकर गुप्ताले बताए ।

नेपाललाई कुष्ठ रोग रहित बनाउने उदेशयले द लेप्रोसी मिसन नेपालले काम गरिरहेको मेडिकल अधिकृत स्वणर्िम ज्ञवालीले बताए।उनले भने कुष्ठ रोगले छाला,स्नायुका साथै स्वासप्रस्वास र आँखामा पनि असर पार्दछ ।

कुष्ठ रोगका लक्षणहरु छाला बाक्ला हुने मांसपेशी कमजोर बनाउने छालामा फुस्रो वा रातो हुने आँखाका रौहरु झर्ने कानको लोसी मोटो भएमा कुष्ठ रोग लागेको बुझिन्छ ।

कुष्ठ रोग लागेका व्यक्तिले समयमा उपचार नगराए वा औषधी नखाएमा अरुलाई पनि यो रोग सरेर अंगभंग अपाङ्गगता हुन्छ।रोग लागेको समय देखि दुई वर्ष सम्म नियमित र दैनिक औषधी खानु पर्छ स्वास्थ्य अधिकृत जनक प्रसाद काफलेले बताए ।

विश्वको अठार देशमा द लेप्रोसी मिसनले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्थाका प्रमुख सोभाखर कंणेलले बताए।उनका अनुसार कुष्ठ रोग रहित समाज बनाउने उदेश्यले स्थानीय तह संग समन्वय गरेर काम गरिरहेको उहाँको भनाई छ ।

कुष्ठ रोग संग संगै अन्य रोगबाट घ्रसित रहेका आर्थिक अवस्था कमजोर रहेका र उपचारबाट बन्चित भएका विरामीहरुलाई पनि उपचार गर्ने गरेका छौं कंणेलले बताए।

जिल्लाका बर्दघाट नगरपालिका,रामग्राम नगरपालिका,प्रतापपुर गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका भित्र फरक फरक नाम राखेर द लेप्रोसी मिसन नेपालले परियोजना चलाएको छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here