पाल्हीनन्दनमा दुई वर्ष पहिला निर्माण गरिएको आयुर्वेद भवन उपयोगविहीन

0
40
Exif_JPEG_420

नवलपरासी-पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा दुई वर्ष पहिला  निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ।

दुई वर्ष पहिला पाल्हीनन्दनकाेआयुर्वेद औषधालय भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपनि संचालनमा छैन।

४० लाख लागतमा पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय सञ्चालनमा ल्याउने त्यारी भईरहेकाे पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए।

निर्माणाधिन आयुर्वेद भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नु पर्ने बाध्यता रहेको आयुर्वेद औषधालय शाखाका रामएकवाल यादवले बताए।

उनका अनुसार निर्माणाधीन भवनको काम सम्पन्न भए पनि प्रवेशद्वार तथा प्राविधिक काम नभएकाले नयाँ भवनबाट बिरामीलाई सेवा दिन नमिल्ने भएको छ।

गाउँपालिकाले निर्माण गरेको आयुर्वेद औषधालय भवनमा प्राविधिक काम बाँकी रहेकाले गण्डकको भवनबाट उपचार गर्दै आएको छ।

यस वर्षदेखि पाल्ही आयुर्वेद औषधालय भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए।

खाने पानी ट्याङ्की सञ्चालनपश्चात आयुर्वेद औषधालय भवनभित्र प्रवेशद्वार निर्माण गरेर उद्घाटन गर्ने वडाध्यक्ष सहानीले भने।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here