नेपालगंज-राष्ट्रिय दलित पत्रकार सङघ नेपाल लुम्बिनी प्रदेशकाे दोस्रो अधिवेशन सम्पन्न भएको छ।
पत्रकारहरु समाजकाे सचेत समूह हाे लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले बताए।
विकास समृद्धका लागि प्रदेश सरकार सधैं तयार रहेको बताउदै उनले अबका दिनमा दलित समुदायको हक हित तथा विकासका लागि लुम्विनी प्रदेश सरकार तयार रहेकाे जानकारी दिए ।
पत्रकारहरूले लेखेका समाचार जनताले विश्वास गरेर सुचनाकाे रुपमा ग्रहण गरेकाेले सधैं जनताकाे पक्षमा कलम चलाउन जाेड दिए।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडीले अाम दलित समुदाय मुद्दा बाेकेर हिड्नका लागि सबैलाई तयार हुन अनुरोध गरे।
देशभरि सङगठन निर्माण भएको बताउदै त्यसकाे जगमा अझ ब्यवस्थपत गर्ने उनले भने।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार,महासचिव लक्मण दर्नाल,सस्थापक अध्यक्ष चिन्ता परियार,नेपाल पत्रकार महासङघका अध्यक्ष शुक्र ऋिषि चौलागाईं लगायतले शुभकामना ब्यक्त गर्नु भयाे।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द वस्यालकाे अध्यक्षतामा सम्पन्न भयाे थियाे भने सचिव सञ्जय सौगतले सञ्चालन गर्नुभयो थियाे।काेषाअध्यक्ष कृष्ण दर्लानले गरे।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका शुसिला नेपालिले कानुन निर्मान सहजिकरण गर्ने बताउनुभयाे।उहाले अागामि दिनमा सधै सहकार्यबाट अगाडि बढने बताए।
उर्जाशिल पत्रकार पुरस्कारबाट गाेरखा पत्रकारका पत्रकार राधा नेपाली,पत्रकार बिनाेद परियार,रुपा विक लगायत लाई सम्मान गरिएको थियाे।
कार्यक्रममा रुकुम पुर्वका जिल्ला अध्यक्ष स्वर्गीय विक्रम परियारकाे अामालाइ पनि सम्मान गरिए थियाे।