नवलपरासी-संचार सेवा संघ एम्बुलेन्सको ४ औं साधारण सेवा सम्पन्न भएको छ ।पश्चिम नवलपरासी रामग्राम नगरपालिका-७ रामग्राम स्तुपमा भएको साधारण सभामा संविधान सभा सदस्यको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रम्मा संचार सेवाका संचालक समितीका अध्यक्ष गोपी ज्ञवाली,उपाध्यक्ष शोभा पन्त,कोषाध्यक्ष रामकरन हरिजन,सचिव ध्रुवनारायण बानिया,सदस्य ज्ञानेश्वर सहानी,अभिषेक राव,पप्पु रेग्मी,लगायतको उपस्थिती रहेको थियो ।
संचार सेवा संघका अध्यक्ष गोपी ज्ञवालीको अध्यक्षतामा अतिथि संविधान सभा सदस्य सिता बौडेल,विशिष्ट नेकपा माओबादी नवलपरासी इन्चार्ज भविश्वर तिवारी,नेकपा माओबादी नवलपरासी संयोजक रामानन्द यादव,नेपाल पत्रकार महासंघका नव निर्वाचित सदस्य राज चौधरी समेतको उपस्थितीमा सधारण सभा सम्पन्न भएको छ। कार्यक्रम संचालन पप्पु रेग्मीले गरेका थिए ।