निशुल्क स्वास्थ्य शिविरबाट चार सय २२ जना लाभान्वित ।

0
24

ध्रुवनारायन बानिया-पश्चिम नवलपरासी सशस्त्र.प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. देबदह मेडिकल कलेज र लीवनस कल्ब अफ बुटवल सुभारम्भले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा चार सय २२ जना लभान्वित ।

स्वास्थ्य शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेक जाँच गरी औषधी समेत वितरण गरेको हो।स्वास्थ्य शिविरमा देबदह मेडिकल कलेज तथा बर्दघाट डेन्टल क्लिनिकका बिशेषज्ञ चिकित्सकहरु जनरल फिजिसियन,महिला तथा प्रसुति,छाला, हाड,नसा,दातको चेक जाँच गरी औषधी वितरण गरिएको सशस्त्र.प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा बेलासपुरका प्रहरी उपरीक्षक गण पति प्रकाश वाग्लले बताए।

देबदह मेडिकल कलेज र लीवनस कल्ब अफ बुटवलको प्राविधिक सहयोगमा सुस्ता गाउँपालिका-५ स्थित दिपक माध्यमिक विद्यालयमा संचालन गरिएको स्वास्थ्य शिविरमा चार सय २२ जनाको स्वास्थ्य चेक जाँच गरी निशुल्क औषधी वितरण गरेको उनले भने ।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल हेक्वा प्रहरी कर्मचारीहरुलाई चार बजे सम्म परिचालित थिए।एक दिने स्वास्थ्य शिविर कार्यक्रम्मा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागि थिए।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here