नवलपरासीमा तस्करी बढयो

0
159
Exif_JPEG_420

नवलपरासी-पश्चिम नवलपरासी नेपाल भारत सिमाक्षेत्रमा तस्करी बढयो प्रहरीको सकृयता बढेन। जिल्लाका विभिन्न नाकाबाट व्यपारीहरुले राजश्व छलि गर्ने काम गरेका छन ।

चिनी,खसी,बोका,लत्ताकपडा,भैंसी,लागुऔषध मोबाईल तथा मोबाईलका पार्टस लगायतका समानहरु भारतबाट नेपाल भित्रयाउने गरेका छन।चिनबाट नेपाली नागिरककाे लागि अनुदानमा ल्याईएका लसुन नेपाल हुँदै भारत पुर्याउने हाेडबाजी चलेकाे छ।

स्वदेशमा उत्पादन गरेका मकै,फेयरलवली नेपालबाट साईकल मोटरसाईकल र टयाक्टर टाली पिकपमा राखेर भारत ओसार पोसार गर्ने गरेको स्रोतले जनाएको हो।

स्रोतको भनाई अनुसार जिल्लाका गुठीप्रसौनी,बसहिया,पचपेडा,गोपालपुर,हरकपुरा,बलिनगर,गेरमी,सनई लगायत नाकाबाट अबैधरुपमा राजश्व छली गर्ने काम व्यपारीले गरेका छन ।

सुुरक्षाकर्मीहरुलाई झुकयाएर दैनिक सिमाक्षेत्रका व्यपारीहरुले नेपाल,भारत ओसार पोसार गरेर करोडौंको राजश्व छलने गरेका छन।नेपाल भारत सिमाक्षेत्र नजिक तथा जिल्ला समेतका सुरक्षाकर्मीको निसकृताका कारण व्यपारीहरुले राजश्व छली गर्नमा सफल हुँदै आएका छन।

खुल्यामा तस्करी हुनु भनेको प्रहरीले नरोकेकोे र राजश्वछली गर्नमा बढावा दिएको स्रोतको ठहर छ।सिमाक्षेत्रमा दिउँसो भन्दा राती  बढी राजश्व छली गर्ने व्यपारीहरूकाे यति बेला हुबहुब छ र सिमाक्षेत्र नजिकै फर्म संचाल गरेर नेपाल भारतको विभिन्न स्थानमा समान पठाउने गर्छन ।

देशको अर्थतन्त्रमा कमी आउनु भनेको राजश्व छली पनि हो ।राज्यले देश प्रति इमान्दिारी भएर काम गर्नका लागि राखिएका कर्मचारीले नै देश प्रति अहित गरेको र त्यसको असर नेपाली जनता माथि परिरहेको स्रोतको दाबीछ । राजश्व छली कार्यमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरूकाे पनि संलग्नता रहेकाे स्राेतकाे भनाई छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here