कुबेर बचत तथा ऋण सहकारी संस्था लि.काे१०औं साधारण सभा सम्पन्न

0
91
Exif_JPEG_420

नवलपरासी-कुबेर बचत तथा ऋण सहकारी संस्था लि.काे १०औं साधारण सभा सम्पन्न भएकाे छ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका-७मा भएकाे साधारण सभामा जनप्रतिनिधिहरूकाे पनि उपस्थित रहेकाे थियाे।

कार्यक्रममा सहकारीका संचालक समितिकाअध्यक्ष याेगेन्द्र प्रसाद बनिया,उपाध्यक्ष जय प्रकाश काेईरी,काेषाध्यक्ष संताेष कुमार बरई,सचिव युवराज माैर्या,सदस्य जय गाेविन्द यादव,ब्यासमुनि बेल्दार,माेहनलाल गुप्ता,शाेभा चाैधरी,गीता काेहार लगायतकाे उपस्थिती थियाे।

साधारण सभामा दिनेश प्रसाद कलवारले२०८१असार सम्मका लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।काेषाध्यक्ष सन्ताेष कुमार बरईले०८१असार सम्मकाे संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेका थिए।

प्रतिवेदनअनुसार सहकारीमा५हजार५सय २२जना सेयर सदस्य रहेका छन जसमा२हजार५३पुरुष र ३ हजार ४सय ६९महिला छन्।

यस्तै सहकारीले२कराेड २१लाख ७६ हजार१सय ९६ रुपैया काराेबार गरेर१८कराेड२३लाख५६हजार ७ सय२६ रुपैया प्रगति गरेकाे छ।१कराेड ६९लाख ९२ हजार८५ रुपैया खर्च गरेकाे छ।

कुबेर बचत तथा ऋण सहकारीले दुईवटा शाखा संचालन गरेर २१जनालाई राेजगार दिएकाेछ साधारण सभामा कार्यक्रममा जनाएकाे छ।उत्कृष्ट बचत कर्ता तथा नियमित ऋण चुक्ता गर्ने र सहकारीका कर्मचारीहरूलाई सम्मान गरेकाे छ।

सिमित रकमबाट कुबेर सहकारी संस्था अहिले कराेडाैंकाे प्रगतिमा गएकाे यस सहकारी संचालक समिति सदस्य कर्मचारी लगायत सहकारीमा प्रत्यक्ष अप्रत्यक्ष सहयाेग गर्ने सबैलाई धन्याबाद दिदै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जिल्लामा अहिले मिटरब्याजी समुहले ऋण माफ गराई दिन्छाै अफवाहमा नपर्नु लिएकाे ऋण समयमा तिर्न अनुराेध गरेका छन

सहकारीबाट ऋण लिएर ब्यपार व्यवसाय गर्नु र समयमा ऋण तिरेर अगाडी बढनु भन्दै गाँउपलिका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि बासमती हरिजनले बताईन।कार्यक्रम संचालन संताेष कुमार बरईले गरेका थिए।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here