नागरिक सुनुवाई कार्यक्रम मार्फत जनताका समस्या समाधान हुन्छ त। ।

0
65
Exif_JPEG_420

नवलपरासी-नागरिकको गुनासो र सुझाव संकलन गरेर  नागरिककाे समस्या समाधान गर्ने उदेश्यले पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले नागरिक सुनुवाई कार्यक्रम्मा गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका-३स्थित सिद्धार्थ माध्यमिक विद्यालयको प्राङणमा नागरिक सुनुवाई कार्यक्रम गरेकाे हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका नागरिकले शान्ति सुरक्षा लागू औषध दुर्व्यसनी,दुर्घटना,कृषि,स्वास्थ्य,शिक्षा लगायतका समस्या  सुनाएका थिए।नेपाल कृषि प्रधान देश भएर मल(खाद) उपलब्ध गराउन नसकेको गुनासाे नवलपरासी प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित सरोकारवालाहरु संग पाल्हीनन्दन-३ निवासी गोपाल गिरीले गुनासो गरेका थिए।

मज्झिम आवाज

यस्तै नेपालको संविधानले निशुल्क शिक्षाको व्यवस्था गरेपनि समुदायिक विद्यालयका शिक्षकहरुले कानुुन विपरीत शुल्क लिइने गरेका छन स्थानीय मुकेश हरिजनले गुनासो गर्नु भएको थियो।जिल्लाका सुनवल,बर्दघाट,महेशपुर,र बेलाटारी ईलाका प्रहरी कार्यालयले आ-आफनो क्षेत्रमा नागरिक सुनुवाई कार्यक्रम गरेकाे छ।

सम्बन्धित स्थानीयतह संग सहकार्य गरेर यी विषयगत समस्याहरुको समाधान गर्ने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए।

प्रहरी प्रहरीले प्रदान गर्दै आएको सेवालाई अझ प्रभावकारी बनाउनका लागि प्रहरीले खेल्नु पर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउनका लागि वडा टाेलमा पुगेर जनताका गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए।उनले भने नागरिक सुनुवाई कार्यक्रम्म निरन्तर जारी रहनेछ ।

नागरिक सुनुवाई कार्यक्रम्मा प्रमुख जिल्ला अधिकारी गाउँपालिका अध्यक्ष वडाध्यक्ष वडासदस्य जिल्ला प्रहरी कार्यालयका उपरीक्षक लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here