नवलपरासी नेपाल भारत दशगजामा रहेका स्तम्भ रङग रोगन तथा मर्मत काम सुरु

0
114

नवलपरासी।पश्चिम नवलपरासी नेपाल भारत दश गजामा रहेका स्तम्भ रङग रोगन तथा मर्मत काम सुरु भएको छ ।

भारतको उतर प्रदेश संग जोडिएको नवलपरासी दश गजामा रहेका सिमा स्तम्भ रङग रोगन तथा मर्मत काम  शसस्त्र प्रहरीले गरेकाे नवलपरासी प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनु भयो ।नवलपरासीको पाल्हीनन्दन,प्रतापपुर,सरावल,र सुस्ता गाउँपालिका भारत संग जोडिएको नेपाल भारत दश गजामा रहेका स्तम्भहरु रङग रोगनको काम शसस्त्र प्रहरीले सोमवार देखि सुरु गरेको जिल्ला अधिकारी पन्थीले बताउनु भयो।

नेपाल र भारत दुवै देशका सम्बन्धित निकायका सुरक्षाकर्मीहरुको उपस्थितिमा विवाद रहित ढङगले सिमा स्तम्भ रङग रोगन तथा मर्मतका कामहरु सकारात्मक उदेश्यका साथ काम अघि बढाईएको र त्यसलाई टुङगोमा पुर्याउनु पर्ने पश्चिम नवलपरासी २६ नं गण हेक्कवा बेलासपुरका शसस्त्र प्रहरी प्रमुख धिरेन्द्र न्यौपानेले बताउनु भयो ।

नवलपरासी संग भारतको उत्तर प्रदेश जोडिएको २७.५ किलोमिटर लामो दश गजा रेखामा १६ वटा पिल्लर (स्तम्भहरु) मध्ये ७ वटा भारतले रङग रोदन तथा मर्मत गरिसकेको छ,९ वटा पिल्लर ३ दिन भित्र शसस्त्र प्रहरी नवलपरासीले रङरोगन तथा मर्मत काम सम्मपन्न गर्छौं एसपी धिरेन्द्र न्यौपानेले भन्नु भयो।नवलपरासी बर्दघाट सुस्ता पश्चिम नरायणी पारी ४१.५ क्षेत्रफल लामो रेखामा स्तम्भ नरहेकोउहाँले भन्नु भयो ।नेपाल भारत दशगजा बिचको सिमामा रहेका (पिल्लर)स्तम्भहरु अवस्था राम्रो छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here