रेडक्रस हकुई /सुक्राैली उपशाखाकाे अधिवेशन सम्पन्न

0
61

पप्पु रेग्मी, हकुई २७ माघ । नेपाल रेडक्रस सोसाइटी हकुई /सुक्राैली उपशाखा रामग्राम-१६ पश्चिम नवलपरासी जिल्लाकाे १३ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन शनिबार  हकुईमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी हकुई / सुक्र्यौली उपशाखाकाे कार्य समितिकाे सम्पूर्ण पदकाे निर्वाचन प्रकृया नेपाल रेडक्रस साेसाईटीको निर्वाचन नियमावली २०४९ को दफा १० बमोजिम सम्पुर्ण पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुरज के.सी.ले बताउनु भयो ।
साे अधिबेशनले राजेन्द्र यादवकाे सभापतित्वमा ११ कार्य समितिकाे चयन गरेको छ, जसकाे  उपसभापतिमा केशपति थारु, सचिव घनश्याम प्रसाद यादव,कोषाध्यक्ष रविन्द्र कुमार अग्रहरी, उपसचिव रामकेवल यादव, उपकोषाध्यक्ष बक्सिस अलि नाउं, महिला सदस्य सुरसती कुमारी गुप्ता, खुल्ला सदस्य राम कुमार गुप्ता, खुल्ला सदस्य बलिराम यादव, खुल्ला सदस्य चम्पा थारु, खुल्ला सदस्य सन्त बहादुर चौधरी रहनु भएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here