रैथाने नृत्यहरुको संरक्षण आजको आवश्यकता : राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी

0
91

काठमाण्डौ  : संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले जनताका परम्परागत एवं रैथाने नृत्यको संरक्षण गर्नु पर्ने बताउनु भएको छ ।

राष्टिय नृत्य दिवसको अवसरमा आईतवार बनेपाको लायकु राजमञ्चमा नेपाल सङ्गीत तथा नाटय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नृत्य दिवस समारोहमा बोल्ने क्रममा राज्यमन्त्री सिर्पालीले सो कुरा बताउनु भएको हो ।

तेस्रो राष्टिय नृत्य दिवसको आवसरमा बाेल्दै राज्यमन्त्री सिर्पालीले नेपालमा पनि नृत्य कलाको व्यवसायिकता बढदै गएको अवस्थामा देशका विभिन्न स्थानमा जनताले परम्परागत रुपमा नाचदै गरेका कतिपय रैथाने कला संस्कृति सहित नेपाली पनका नृत्यहरु ओझेलमा पर्न सक्ने भएकाले राज्य द्धारा निर्माण गरीएका कला संस्कृतिक संस्थाहरुले ग्रामिण क्षेत्रमा रहेका कलासंस्कृति सहित विभिन्न प्रकारका नृत्य समेत संरक्षण राज्यको दायित्व भित्र पर्ने भन्दै सरकारका निकायले विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ ।”

२०७८ साल देखी नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापाको जन्म दिन फागुन ६ गतेलाई राष्टिय नृत्य दिवसको रुपमा मनाउदै आएकोले यो नृत्य दिवस नेपालको तेस्रो राष्टिय नृत्य दिवसको रुपमा मनाईएको नेपाल सङ्गीत तथा नाटय प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव कुस्मा मोहराले बताउनु भएको छ ।

अप्रिल महिनाको २९ तारिखमा संसार भर विश्व नृत्य दिवस मनाईने गर्दछ ।विश्व नृत्य दिवस मनाई रहदा नेपालको आफनो राष्टिय नृत्य दिवसका कहिले मनाउने भन्ने विषय तय नभई सकेको अवस्थामा पछिल्लो तीन वर्ष देखी फागुन ६ गतेलाई नै नेपालको राष्टिय नृत्य दिवसको रुपमा मनाईदै आएको छ ।आईतवार भएको तेस्रो राष्टिय नृत्य दिवसको अवसरमा विषेश अतिथिको रुपमा नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापालाई प्रतिष्ठानले सम्मान समेत गरेको थियो ।

नेपालको पहिलो नृत्य दिवसको रुपमा २०७८ साल फागुन ६ गते भक्तपुरको ठिमिमा, दोस्रो नृत्य दिवस बुटवलमा र तेस्रो दिवस बनेपाको लायकु राजमञ्चमा मनाईएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here